विद्यार्थीले गरे अनाथ आश्रमलाई सहयोग

1.3K

विद्यार्थीले गरे अनाथ आश्रमलाई सहयोग

राम प्रसाद भण्डारी/
बुटवल, २ बैशाख । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा अध्ययनरत स्नातक तह प्रथम वर्र्षका (क्वालिटी सर्कल) विद्यार्थीहरुले वेल्बासमा रहेको साहारा अनाथ आश्रममा खाद्यान्न तथा स्टेसनरीका सामाग्रीहरु वितरण गरेका छन् ।

आफ्नो खाजाखर्च र शिक्षकहरुवाट रकम संकलन गरी उनीहरुले अनाथ आश्रममा सहयोग गरेका हुन् । कार्यक्रममा क्याम्पस प्रमुख बावुराम पाण्डेले उच्च शिक्षा अध्ययन गर्न आउँने अनाथ तथा बिपन्न परिबारका बिधार्थीहरुलाई अध्ययनका लागि क्याम्पसले हरदम सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा साहारा अनाथ आश्रमका संचालक शंकर प्यासीले बिद्यार्थीहरुले आश्रममा सहयोग गरेकोमा खुशी लागेको र यस्ता कार्य गर्नाले आश्रमलाई अघि बढ्न टेवा पुग्ने बताउनुभयो । पुष्पा पुरीको अध्यक्षता र सुदिप पाण्डेको संचालनमा भएको कार्यक्रममा रमेश पाण्डे, रामनाथ माली, श्रीवास नेपाल, अनिल शर्मा, अपिल अर्याल, गोरख बहादुर पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।