अमेरिका र कोरियाको सम्बन्धमा तनाव बढ्दै

517

अमेरिका र कोरियाको सम्बन्धमा तनाव बढ्दै

सोल, २ वैशाख । कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् ।

“हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,” एक जना सैन्य उच्च अधिकारी चोइ ¥योङ हाइले भन्नुभयो । आफ्ना संस्थापक नेता किम इल सङको १०५औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए ।

उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ । अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ ।

उत्तर कोरियाले पनि पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ । रासस/एएफपी/सिन्ह्वा