बुटवल, २ बैशाख । गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०७४ को अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
गुल्मी जुभूङ्गबाट रुपन्देहीमा आइ स्थायी वा अस्थाई रुपमा बसोवास गर्दै आएका गुल्मेलीहरुबीच आपसी भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको समाजले जनाएको छ । सोही अवसरमा नयाँ वर्षको क्यालेण्डर विमोचन, रक्तदातालाई सम्मान र वनभोज कार्यक्रम पनि गरिएको थियो ।
समाजका अध्यक्ष बमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले बोल्दै आपसी सद्भाव बृद्धिकालागि समाजले उल्लेखनिय भूमिका खेल्ने हुँदा सोही अनुरुप रचनात्मक र सकारात्मक कामहरु गर्न आग्रह गुर्नु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका उप निर्देशक रामबहादुर राना, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघका केन्द्रीय सदस्य रघुनाथ गौतम, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीका बरिष्ट उपाध्यक्ष रामप्रसाद गौतम सल्लाहाकार चिरञ्जीवी गौतम लगाएतले नयाँ वर्षको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष टेकबहादुर बलालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव दिनेश खड्काले गर्नु भएको थियो ।