बुटवलको देविनगरमा बृहत सराय नाच

652

बुटवलको देविनगरमा बृहत सराय नाच

12122590_10208094605032263_6799927591125916119_nबुटवल, कार्तिक । कोजाग्रत पूर्णिमाको अवसर पारी अर्घाखाँची, गुल्मीबाट बसाई सरि बुटवल आइ बसोबास गरेकाहरुको बाक्लो उपस्थिती रहेको बुटवल देविनगरमा मंगलबार सराय नाँच देखाइएको हो। लुम्बिनी अञ्चलको पहाडी जिल्लामा लोकप्रिय मानिएको सराय नाँच बुटवलमा पनि देखाइएको छ ।नवदुर्गा मन्दिर समितिको आयोजनामा बुटवलमा सराय नाँच देखाइएको हो ।

भाला, खुकुरी र बाजागाजा सहित सराय नाँच देखाइएको थियो ।लुम्बिनी बाणिज्य क्याम्पस प्राङगणमा देखाइएको नाँचले बुटवल बजार समेत परिक्रमा गरेको थियो ।परापूर्वकालदेखि नै सराय नाँच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच विर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराय नाँच देखाइएको नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुवरले जानकारी दिनुभयो । उहाँले बुटवलमा विगत पाँच वर्षदेखि सराय नाँच देखाइएको बताउनुभयो । गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सरायले एकताको सन्देश समेत दिने शान्ति टोल विकास संस्थाका अध्यक्ष यज्ञेश्वर शर्मा मरासिनीले बताउनुभयो ।उहाँले पौराणिक महत्व र शक्ति प्रदर्शन र एकताको पर्वको रुपमा यसलाई लिन सकिने बताउनुभयो ।  पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नाँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्ने अपेक्षा गरिएको छ ।