चुनाव प्रचार समिति गठन

1.1K

चुनाव प्रचार समिति गठन

बुटवल, ३ बैशाख । सरकारले यही बैशाख ३१ गतेलाई निर्धारण गरेको स्थानीय तहको निर्वाचनकालागि नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. १३ मा प्रचारप्रसार समिति गठन गरेको छ ।

पार्टीको आज वडा समितिको बैठकले वडा सभापति पुरुषोत्तम बस्यालको संयोजकत्वमा निर्वाचन व्यबस्थापन समिति चयन गरेको छ । बैठकले मतदान सभापति नारायणप्रसाद खनालको संयोजकत्वमा प्रचार प्रसार समिति, पूर्णबहादुर खड्का र ज्ञानहरी वञ्जाडेको संयोजकत्वमा आर्थिक व्यबस्थापन समिति, विष्णु थापाको संयोजकत्वमा तरुण परिचालन समिति, महिला संघकी सभापति तेजमायाँ गुरुङ्को संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ ।

त्यस्तै दिलबहादुर पुनको संयोजकत्वमा भूपू सैनिक परिचालन तथा गोकर्ण वञ्जाडेको संयोजकत्वमा स्थानीय घोषणा पत्र तथा आचार संहिता, कृष्ण केसीको संयोजत्वमा प्राथमिक उपचार समिति गठन गरिएको छ । बैठकको सञ्चालन वडा सचिव लाबहादुर गुरुङ् तथा मतदान सचिव खिमानन्द पौडेलले गर्नुभएको थियो ।

पार्टीले यस अगाडी नै वडा अध्यक्षमा नारायण पुन, सदस्यमा नमकला वेलवासे, पार्वती सुनार, खुमानन्द पौडेल, झलबहादुर गुरुङ्लाई उम्मेद्वार चयन गरि सिफारिस गरिसकेको छ ।