रुपन्देही काउनमा पदहस्तान्तरण

1.3K

रुपन्देही काउनमा पदहस्तान्तरण

बुटवल, ३ बैशाख । नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ (काउन) जिल्ला समिति रुपन्देहीमा नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई  पद हस्तान्तरण गरिएको छ । गएको चैत २५ गते सम्पन्न चौथौ साधारण सभा तथा तेश्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमबीच पदहस्तान्तरण गरिएको हो ।

काउनका निवर्तमान जिल्ला अध्यक्ष सुशिल घिमिरेले नवनिर्वाचित अध्यक्ष बिरबहादुर लामाको नयां समितिलाई पद हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा निवर्तमान सचिव हिराबहादुर थापाले नवनिर्वाचित सचिव कृष्णप्रसाद चौधरीलाई माईन्युट तथा कोषाध्यक्ष सोम थापाले नवनिर्वाचित कोषाध्यक्ष मानबहादुर सिंजालिलाई चेकबुक हस्तान्तरण गरी पद वहाल गराउनु भएको थियो ।

सो कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ (काउन ) का केन्द्रीय अध्यक्ष जेवी गुरुङ्गले मजदुर वर्गको अधिकारका लागि टे«ड युनियन आन्दोलनलाई अगाडी बढाउनु पर्ने बताउनुभयो । उहांले काउनले मजदुरका पक्षमा वकालत गर्दै आएको उल्लेख गर्दै मजदुरका मुद्वालाई पैरवीगर्ने काम पनि काउनले गरिरहेको बताउनुभयो ।

कार्यक्रममा काउनका रुपन्देही अध्यक्ष बिरबहादुर लामा, काउन महिला केन्द्रीय सदस्य रेखा खवास, निवर्तमान अध्यक्ष सुशिल घिमिरे, निर्वाचन अधिकृत खिमानन्द भट्टराई, काउनका जिल्ला उपाध्यक्ष हिरावहादुर थापा लगायतले बोल्दै नयां कार्य समितिलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रम नवनिर्वाचित सचिव कृष्णप्रसाद चौधरीको सञ्चालनमा भएको थियो ।