राजनीतिमा नि दादागिरी, हावी भयो ।
सिमानामा हाम्रो पराइको, दावी भयो ।।
देश विकास अनि, सिमानाको सुरक्षा ।
दलहरूको झूटको नारा, चुनावी भयो ।।
निकास छैन यहाँ, ढोग्नुपर्छ प्रभूलाई ।
नीति सबै प्रभूको हातको, चावी भयो ।।
बचाउन सत्ता, चप्किन्छ लिसो जस्तै ।
नेतृत्व हाम्रो प्रभूको प्रिय, भावी भयो ।।
मोल्छ्न गोडा प्रभूको, पाउन त्यै सत्ता ।
नेताहरुको उही बानी त, खरावी भयो ।।
~ तिलक तारामी “रेशाली “
बुटवल – ११, रुपन्देही