गजल

533

गजल

खल्तीमा सुको, दाम छैन ।
काम नगरे भरे, माम छैन ।।

भ्रमण भन्दै, दिएछौ बिदा ।
पेटमा त अमूक, राम छैन ।।

दिल्लीमा, सयर राष्ट्रपति ।
सडकमा यहाँ, काम छैन ।।

बिदा हैन, काम दे सरकार ।
आरामलाई कतै, ठाम छैन ।।

सम्मान हैन, बिदा त कुनै ।
यो सरकारमै, लगाम छैन ।।

पाएर बिदा, के खुसी हुनु ।
भोको पेटमा, विश्राम छैन ।।

~ तिलक तारामी ” रेशाली “
बुटवल -११, रुपन्देही