तरुण दलद्वारा सरसफाई

1.3K

तरुण दलद्वारा सरसफाई

बुटवल, ४ बैशाख । नयां वर्षको सन्दर्भ पारेर नेपाल तरुण दलले बुटवलमा सरसफाई गर्नुका साथै अन्र्तक्रिया कार्यक्रम गरेको छ । नेपाल तरुण दल बुटवलनगर समितिले आज बुटवलको राजमार्ग चौराहा देखि ट्राफिकचोक सम्म मुख्य राजमार्ग तथा नाली सरसफाई गरेको हो ।

तरुण दल नगर समितिका सभापति सुजन पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं सासद अब्दुल रज्जाक, सचिव रामकृष्ण खांण, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डे, जिल्ला सदस्य रामेश्वर श्रेष्ठ, हरिबहादुर आचार्य क्षेत्री, तरुण दल रुपन्देही सचिव रमेश शाही, क्षेत्र नं. ४ का सभापति हसन्त लामा लगायत नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रज्जाकले मानिसको प्रतिष्ठा संग जोडिएको सरसफाई गरेर तरुण दलले स्रहानीय काम गरेको उल्लेख गर्नुभयो । उहांले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने गरी तरुण परिचालन हुन पनि आग्रह गर्नुभयो । त्यस्तै तरुण दलका पुर्व केन्द्रीय सदस्य चिरञ्जिवी जोशीले मुलुकको विकासमा तरुणको ठुलो भुमिका हुने उल्लेख गर्दै तरुणले चाहे जस्तो सुकै काम गर्न सक्ने बताउनुभयो ।

सरसफाई कार्यक्रम पश्चात बुटवल फुलवारीमा अन्र्तक्रियात्मक वनभोज कार्यक्रम समेत गरिएको थियो ।