घरेलु मदिरा नष्ट

879

घरेलु मदिरा नष्ट

बुटवल, ७ बैशाख । अवैध रुपमा उत्पादन गरिएको अवैध घरेलु मदिरा बरामद गरि प्रहरीले नष्ट गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल आसपासका ठाउँबाट बरामद गरेको करिव २ हजार पाँच सय लिटर अवैध मदिरा आज पत्रकार सम्मेलन गरी नष्ट गरेको हो ।

चरङ्गे, बेसक्याम, बसपार्क, इटाभट्टी, ड्राइभरटोल लगायतका स्थानबाट बरामद गरिएको करिव १ लाख मुल्य बराबरको अवैध घरेलु मदिरा नष्ट गरिएको प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो । उहाँले अवैध रुपमा उत्पादन हुने मदिरा नियन्तरणकालागि प्रहरी अभियानकै रुपमा अंगाडी बढ्ने बताउनु भयो ।

घरेलु मदिरा स्वास्थ्यका हिसावले पनि राम्रो मानिँदैन । यस्तो प्रकृतिको मदिरा नियन्तरणकालागि सरकारबाट अनुमति लिएर सञ्चालन गरिएका मदिरा व्यबसायीहरुले घचघच्याउँदै आईरहेका छन् । घरेलु मदिराको व्यापकता बढ्दै गएपछि प्रहरी निरिक्षक नेपालले विशेष योजना बनाएर तीन दिन भित्रै यति ठूलो परिणाममा अवैध मदिरा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।