तरुण दलद्वारा रक्तदान

1.3K

तरुण दलद्वारा रक्तदान

बुटवल, ७ बैशाख । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारमा रक्तदान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरेको हो । उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

तरुण दल वडा समितिका सभापति शिव रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले मानवीय सेवाको काम रक्तदान गरेर तरुणहरुले प्रशसनीय काम गरेको उल्लेख गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा पनि लोकतन्त्रको सवलीकरणकालागि नेपाली काँग्रेसलाई जिताउने अभिभारा तरुणको काँधमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीकी सदस्य रमा खड्का, महाधिवेशन प्रतिनीधि विष्णु बस्याल, क्षेत्र नं. ३ का सचिव घनश्याम चालिसे, १५ का सभापति सभापति प्रेम पौडेल, १६ का सभापति सुदर्शनदेव जोशी, नेपाल तरुण दल क्षेत्र नं. ३ का सभापति किशोर सुवेदी, बुटवल नगर समितिका सभापति सुजन पुन, यातायात मजदुर संघका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद वेलवासे, नेविसंघकी पूर्व केन्द्रीय सदस्य जमुना ढकाल लगायतले भनाई राखेका थिए ।

सोही अवसरमा ८० जना युवा नेपाल तरुण दलमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेस रुपन्देहीका सचिव खाँणले सदस्यता प्रदान गरि प्रवेश गराउनु भयो ।