कांग्रेस बिनाको वार्ता निरर्थक- मोर्चा

326

कांग्रेस बिनाको वार्ता निरर्थक- मोर्चा

Madhesi-Morcha

काठमाडौं/नयाँ संविधानमा असहमति जनाउँदै आन्दोलन गरिरहेको संघीय गणतान्त्रिक मोर्चाले कांग्रेसबिनाको सरकारसँग वार्ता गर्नु निरर्थक हुने बताएको छ।सरकारले पठाएको वार्ताको पत्रको उत्तर पठाउँदै बुधबार मोर्चाले ‘आन्दोलनरत पक्ष र सरकारसँग भएको सम्झौताको आधारमा संविधानको संशोधनमा नेपाली कांग्रेसको सहमति नभए हामीले गरेको वार्ता निरर्थक हुने हुनाले सर्वप्रथम दुई तिहाई बहुमत पुग्ने राजनितिक शक्तिहरु नेपाली कांग्रेस र सरकार बीच न्युनतम हाम्रा मागहरुका बिषयमा साझा धारणा सार्वजनिक गर्न आग्रह‘  गरेको हो।राजकिशोर यादवको मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) र शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी रहेको मोर्चाले  सरकारले  पठाएको पत्रमा मधेस आन्दोलनलाई उपेक्षा गरिएको भाषा प्रयोग गरेको उल्लेख गर्दै आन्दोलन र सहिदप्रति सम्मान जनाउन पनि आग्रह गरिएको छ।

मोर्चाले प्रदेशको सीमांकन, नागरिकताको विषय, निर्वाचन क्षेत्र निर्धारण लगायतका विषयमा कांग्रेससहित दलले प्रतिवद्धता जनाउनु पर्ने माग गरेको छ।