प्रचारप्रसार कार्यालयको उद्घाटन

1.3K

प्रचारप्रसार कार्यालयको उद्घाटन

माधव ज्ञवाली/
सैनामैना, १० बैशाख । नेपाली कांग्रेस सैनामैना नगर समितिले वडा नं. ७ को प्रचारप्रसार कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गरेको छ ।

वडा नं. ७ का वडा सभापति नारायण खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सैनामैना नगर सभापति रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय तहको संरचना अनुसार प्रतिनिधि विहिन बनेको स्थानीय तहमा राजनैतिक दलहरुले वडा विस्तार गरिरहेको सन्दर्भमा आज नेपाली कांग्रेस सैनामैना नगरले वडामा प्रचार प्रसार सहज गर्नका लागि वडा नं ७ मा कार्यालयको उद्घाटन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका अधिकारी नेपाली काङ्ग्रेसको एक घर एक रुख भन्ने अभियानलाई सार्थकता दिदै अनारको रुख वृक्षरोपण तथा पानी हालेर कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामप्रसाद अधिकारीले स्थानीय निकायको चुनाव प्रचारप्रसारका लागि समय थोरै भएकाले दैनिक रुपमा दिनभर टोलटोलमा कार्यक्रम गर्ने, भेटघाट बढाउने र प्रत्येक साझ पार्टी कार्यालयमा समीक्षा गर्दै सबैले जिम्मेवारी सम्हाल्नु पर्ने समय आएको प्रति सबैलाई ध्याानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा नगरसचिव यदुनन्दन ज्ञवाली, क्षेत्रीय प्रतिनिधिहरु, वडाका सदस्यहरु, तरुणदलका सैनामैना नगर सभापति राज कुमार चौधरी, नेविसंघ क्षेत्र नं ५ का सभापति दिनेश पाण्डे, रेडियो टाइम्सका स्टेशन म्यानेजर कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो । वडा नं. ७ का उप सभापति टेक प्रसाद वस्यालको स्वागत तथा सचिव सुवास पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।