बार्षिकोत्सवमा बालबालिकालाई स्टेशनरी

1.3K

बार्षिकोत्सवमा बालबालिकालाई स्टेशनरी


बुटवल, १७ बैशाख । नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध संस्था नेपाल व्यूटिसियन संघ बुटवल नगर समितिको चौंथो बार्षिकोत्सवको अवसरमा आज अनौपचारिक वाल शिक्षा कार्यक्रमका वालबालिकालाई स्टेशनरी सामाग्रि वितरण गरिएको छ । १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसले बुटवलमा सञ्चालन गरेको अनौपचारिक बाल शिक्षा कार्यक्रमका बालबालिकालाई स्टेशनरी सामाग्रि वितरण गरिएको छ ।

स्टेशनरी सामाग्रि वितरण गर्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरका छोराछोरीलाई लक्षित गरि सञ्चालन गरिएको अनौपचारिक वाल शिक्षा कार्यक्रमका बालबालिकालाई शैक्षिक सामाग्रिम वितरण गरि अध्ययनमा हौसला थप्ने काम गरिएको भन्दै संघप्रति स्रहाना गर्नुभयो ।

बुटवल नगर समितिकी अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल व्यूटिसिन संघकी केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष रेश्मीराज गैरे, उपाध्यक्ष मुक्ति खरेल, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव तथा ट्रेड युनियन युवा समितिका अध्यक्ष कबिन्द्र नेपाल, व्यूटिसियन संघकी प्रदेश अध्यक्ष सीता अर्याल, रुपन्देही जिल्ला अध्यक्ष रेनु कर्माचार्य, सचिव अनिता खत्री, कोषाध्यक्ष केशरी पाण्डे, सैनामैना नगर समितिकी अध्यक्ष सीता राई, तिलोत्तमाकी कोषाध्यक्ष उर्मिला घर्ती, बुटवल नगर सदस्य लिलमायाँ गुरुङ् लगायतले भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मनु न्यौपानेले गर्नुभएको थियो ।

जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान जिलाफको सहयोगमा २० वर्षदेखि नेपाल ट्रेड युनियन काँग्रेसले नेपालका बिभिन्न ९ जिल्लामा अनौपचारिक वाल शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । रुपन्देहीको बुटवलमा सञ्चालित उक्त कार्यक्रममा ५० जना बालबालिकाले अनौपचारिक शिक्षा लिईरहेका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले सोमबार ‘पेशागत सम्मान उचित दाम, सामाजिक सुरक्षा सुरक्षित काम’ भन्ने नाराका साथ १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदैछ ।