
देवदह, २० वैशाख । रुपन्देहीको देवदह –१० चरेङ्गेमा आगो लागेर बिचल्ली परेका दृष्टिबिहिन परिवारलाई बिभिन्न संघसंस्थाबाट राहत सामाग्री प्रदान गरिएको छ ।
दृष्टिबिहिन जगत भुषालको घरमा गत सोमबार आगलागि भएपछि घर सहित खाद्यन्न, लत्ताकपडा, भा“डाकुडा“ आदी सबै जलेर नष्ट भएको थियो । आगलागिबाट करिब २ लाख बराबरको धनमालको क्षति भएको देवदह प्रहरीले जनाएको छ । सोही क्रममा आगलागि पीडितलाई केही राहत महसुस भन्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी देवदह शाखा र देवदह जेसिस द्वारा राहत बितरण गरिएको छ ।
चरेङे नया वस्ति बस्ने एक घरका ७ सदस्य बिचल्लीमा परेपछि नेपाल रेडक्रस सोसाइटी देवदह शाखाले राहत स्वरुप लत्ताकपडा, त्रिपाल, खाद्य सामाग्री, भाडाकुडा र नगद समेत गरि उक्त पीडित परिवारलाई हस्तान्तरण गरेको हो । ज“हा दुख त्य“हा रेडक्रस भन्ने नाराका साथ दुखमा परेकाहरुलाई नेपाल रेडक्रस सोसाइटी देवदह शाखाले बिभिन्न ठाउ“मा सहयोग गर्दै आएको शाखाका अध्यक्ष गोपाल ढकालले बताए ।
त्यसैगरी आगलागिबाट पिडित परिवारलाई राहत महशुस होस् भनी देवदह जेसिसले दश हजार रकम सहयोग गरेको जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङले बताए । अकल्पनीय आगलागीका कारण बिचल्ली हुन पुगेका थिए ती पीडित परिवारलाइ मानब सेवानै जिबनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै देवदह जेसिस द्वारा राहत बितरण गरिएको संस्थाका अध्यक्ष बालकृष्ण रिमालले बताए ।