
बुटवल, २२ बैशाख । नेपाली काँग्रेस रुपन्देहीले जिल्ला सदस्य विशेश्वरप्रसाद बस्यालको संयोजकत्वमा गठन गरेको निर्वाचन प्रचार प्रसार समितिले पूर्णता पाएको छ ।
निर्वाचनप्रचार प्रसार समितिका संयोजक बस्यालको अध्यक्षतामा युनियनका पदाधिकारी तथा सल्लाहकार र अग्रजहरुको आज बुटवलमा भएको भेलाले उक्त समितिलाई पूर्णता दिएको हो । सरकारले घोषणा गरेको आसन्न स्थानीयतहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस रुपन्देहीले जिल्ला सदस्य बस्यालको संयोजकत्वमा प्रेस युनियन रुपन्देहीका सभापति बिक्रमखड्का सहसंयोजक रहनेगरी समितिगठन गरेको थियो । पार्टी र प्रेस युनियनले गरेको सर्कुलर अनुसार १७ सदस्य थपगरी समितिलाई पूर्णता दिईएको हो ।
समितिको सदस्यहरुमा अग्रजपत्रकारहरु नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सभापति माधव नेपाल, तथा पूर्व सभापतिहरु खिमानन्द भट्टराई, छवीपाण्डे, रामराजपोख्रेल, हरिष ढकाल, भवानीप्रसादपाण्डे, उपसभापति रेखा भुसाल, सल्लाहकार डायलसनअधिकारी, अग्रजपत्रकार यमलाल भुसाल, दामोदर खनाल, महेन्द्र थापा, शारदा मल्ल, शोभाकान्त रेग्मी, श्यामशंकर पाण्डे, रामबिकास चौधरी, शम्भु शर्मा र दिलिप भट्टराई रहनु भएको छ ।
त्यसैगरी बैठकले सात सदस्यीयअनुगमन समिति पनि गठन गरेको छ । युनियनका पूर्व केन्द्रीय सदस्य माधव नेपालको संयोजकत्वमा गठित अनुगमन समितिमा खिमानन्द भट्टराई, छवीपाण्डे, हरिष ढकाल, रामराज पोखरेल भवानीप्रसादपाण्डे र बिष्णु भुसाल रहनु भएको छ ।
प्रचार समितिलाई कसरी अंगाडी बढाउने भन्ने विषयमा पार्टी नेतृत्व र युनियन बिचमा छलफल भएको थियो । उक्त छलफलमा नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेद्वारलाई स्थानीयतहको निर्वाचनमा जिताउन कसरी सहयोग गर्न सकिन्छ त्यस तर्फ सबैले ध्यानदिनुपर्ने धारणा आएको थियो । उक्त अवसरमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले लोकतन्त्र रहेमात्रै वाक स्वतन्त्रता रहने हुँदा लोकतन्त्रलाई बलियो बनाउनकालागि नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेद्वारलाई जिताउने गरी कलमचलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा युनियन रुपन्देहीका सभापति बिक्रम खड्का तथा सल्लाहकारहरु रामराज पोखरेल, भवानीप्रसादपाण्डे, डायलसन अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय सचिव हरिष ढकाल लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपालले गर्नुभएको थियो ।
भेलाले तत्कालै जिल्ला स्तरीय निर्वाचन समाचार डेस्क निर्माण गर्ने र हरेक क्षेत्रमा हुने समाचारलाई सर्कुलर हुने गरी क्षेत्रगत रुपमा पत्रकारहरु परिचालन गर्ने निर्णय गरेको छ ।