
देवदह, २४ वैशाख । नेपाली कांगे्रस देवदह वडा नं ४ भवानीपुरमा शोकसभा सम्पन्न भएको छ । नेपाली कांगे्रेस वडा ४ का क्रियाशिल सदस्य स्वर्गिय हरिप्रसाद तिवारीको ७ औ दिनको पूण्यतिथीको अवसरमा उक्त शोक सभा सम्पन्न भएको हो ।
वडा सभापति छविलाल जिसीको सभापतित्व, नेपाली कांगे्रस क्षेत्रीय सभापति हिराबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको शोकसभामा महाधिवेशन प्रतिनिधि मणिप्रसाद शर्मा, जीवलाल पराजुली, भगवति गैरे, जिल्ला सदस्य दुर्गाबहादुर राना, नगर सभापति गुनाखर भुर्तेल, नेपाल शिक्षक युनियनका पुर्व जिल्ला अध्यक्ष झविन्द्र पाण्डे, लगायतले बोल्दै सामाजिक एवंम् धार्मिक व्याक्तित्व स्वर्गिय तिवारीले पार्टीप्रति पु¥याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै नेपाली कांगे्रसले एउटा इमान्दार र निष्ठावान व्याक्ति गुमाएको बताएका थिए ।
साथै उनीहरुले दिवंगत आत्माप्रति चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दीक समवेदना प्रकट गरेका थिए । शोकसभामा स्वर्गिय तिवारीको जीवनीबारे नेपाल शिक्षक संघका केन्द्रीय सदस्य काशीराम पाठकले प्रकाश पार्नुभएको थियो । शोकसभा भिमप्रसाद न्यौपानेको संचालन र कौशलराज तिवारीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।