मगर बौद्ध सेवा समाजद्वारा रक्तदान

1.3K

मगर बौद्ध सेवा समाजद्वारा रक्तदान


बुटवल, २५ वैशाख । नेपाल मगर बौद्ध सेवा समाज बुटवल लक्ष्मीनगर, रुपन्देहीले आज विश्व शान्ति बुद्ध गुम्बा लक्ष्मीनगरमा रक्तदान गरेको छ ।

२६४१ औं बुद्ध जयन्ती तथा २५६१ औं लुम्बिनी दिवसका अवसरमा समाजले रक्तदान गरेको हो । रक्तदान कार्यक्रममा समाजसेवी निर्मलराज घिमिरे, पत्रकार टेकबहादुर मास्कीराना, रोशनी तामाङ, ध्रुब वञ्जाडे, ताराप्रसाद चौधरी, अनिता छन्त्याल लगायत २० जनाले रक्तदान गरेका थिए भने हेनरीडिउना अक्षयकोषमा ४३ जनाले तीन सय ६५ रुपैयांका दरले १५ हजार ६ सय ६० रुपैयां जम्मा गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष क्या.मानबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजले भोली बुटवल जीतगढीमा रहेको कुष्ठ रोगीलाई फलफुल वितरण गर्ने र २७ गते विश्व शान्ति बुद्ध गुम्बामा मुल कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइने अध्यक्ष थापामगरले जानकारी दिनुभयो । उता बुद्ध जयन्तीका अवसरमा नेपाल मगर बौद्ध सेवा समाज, बुटवल–८ सुख्खानगरले घरदैलो तथा प्रचार–प्रसार अभियान सञ्चालन गरेको छ ।

सुख्खानगर गुम्बा परिवारका अध्यक्ष लुमबहादुर सारुमगरको नेतृत्वको टोलीले घरदैलो तथा प्रचार–प्रसार अभियान चलाएको हो । समाजले २६ गते पनि घरदैलो तथा प्रचार–प्रसार गर्ने र २७ गते सुख्खानगर गुम्बामा मुल कार्यक्रम गरेर बुद्ध जयन्ती मनाईने अध्यक्ष सारुले बताउंनुभयो ।