बेलहिया नाका स‌ंचालनमा, डेढ सय ट्रक भित्रिए

979

बेलहिया नाका स‌ंचालनमा, डेढ सय ट्रक भित्रिए

timthumbबुटवल, कात्तिक, भारतको जिल्ला पञ्चायत अध्यक्ष एवं सदस्यहरुको चुनावलाई मध्यनजर गर्दै बुधवार सांझ देखि कडाई गरिएको बेलहिया नाका बिहीबार दिउँसोदेखि पुनः स‌ंचालन भएको छ। नाका खुल्ना साथ ईन्धन सहितका झण्डै डेढ सय सवारी साधन नेपाल भित्रिएका छन्।झण्डै डेढ महिनादेखि भारतको नाकाबन्दी सँगै प्रभावित बनेको रुपन्देहीको सीमानाका बेलहियामा बुधवार साँझदेखि केहि कडाई गरिएको थियो।ईलाका प्रहरी कार्यालय बेलहियाका अनुसार विहीबार साँझ ६ बजेसम्म ९ वटा डिजेल, ४ वटा ग्यांस र एउटा पेट्रोलको गाडी नेपाल भित्रिएको छ।भारतको उत्तर प्रदेश अन्तर्गत महाराजगंज र सिद्धार्थनगर जिल्लामा चौथो चरण अन्तर्गत विहीबार मतदान भएको हो। निर्वाचनमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी नेपालतर्फको सीमाना जोडिएको रुपन्देही संगै नवलपरासी र कपिलवस्तुका सिमा नाकाहरु पनि कडाई गरिएको थियो।महाराजगञ्ज जिल्ला पञ्चायत चुनावको ३६ वडामध्ये बिहीबार ९ वटा वडाहरुमा निर्वाचन भएको हो। अन्य २७ वडाको निर्वाचन यहि अक्टुबर ९, १३ र १७ तारिखमा सम्पन्न भईसकेको थियो।