महिलालाई नेतृत्व बिकास तालिम

1.3K

महिलालाई नेतृत्व बिकास तालिम

बुटवल, २६ बैशाख । नेपाली काँग्रेसले महिलालाई नेतृत्व बिकास गराउनका लागि उद्घोषण तथा नेतृत्व बिकास तालिम प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा आज गरिएको उक्त प्रशिक्षण कार्यक्रममा ७५ जना महिला सहभागि भएको नेपाली काँग्रेस तिलोत्तमा ५ नं. वडा समितिले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य रमेश अर्यालले प्रशिक्षण गर्नुभएको थियो ।

नेपाली काँग्रेसले महिलाको नेतृत्व बिकासका लागि ठाउँठाउँमा प्रशिक्षण कार्यक्रम गरिरहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, महासमिति सदस्यहरु कृष्णप्रसाद पौडेल, यमबहादुर खत्री, नेता रोमणीप्रसाद पाठक, तिलोत्तमानगर समितिका सभापति हरिलाल पाण्डे, तिलोत्तमाकीनगर समन्वय समितिकी संयोजक कोपिला एसी लगायतले महिलालाई आरक्षणमात्रै नभएर नेतृत्व बिकासमा पनि उत्तिकै जोड दिनुपर्ने बताएका थिए ।

नेपाली काँग्रेस तिलोत्तमा वडा नं. ५ की महिला समन्वय समितिकी सभापति सरस्वती अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालनवडा सचिव सुरज पाठकले गर्नुभएको थियो ।