सिद्धबाबा सडक खण्ड एकतर्फि रुपमा संचालन

655

सिद्धबाबा सडक खण्ड एकतर्फि रुपमा संचालन

sidababaबुटवल । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड बिहिबारबाट एकतर्फि रुपमा संचालन भएको छ । बुधबार अपरान्ह पाँचबजे दोभानको सिद्धबाबा मन्दिर नजिकै माथीबाछ खसेको पहिरोसँगै आएका ठुला ढुङ्गा पन्छाउन नसकिएपछि उक्त सडक एकतर्फि भएको हो ।

डिभिजन सडक कार्यालय र प्रहरीले बुधबार साँझदेखि सडक दुईतर्फि रुपमा सुचारु गराउन प्रयास गरेतापनि सडकमा थुप्रिएका ठुला ढुङ्गालाई पन्छाउन नसकिएपछि सडक एकतर्फिमात्र सुरुचारु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

सडक एकतर्फि रुपमा सुचारु भएतापनि सवारी आवागमनमा भने समस्या भएको छ । बुटवल तर्फ रोकीएका गाडि एकतर्फि रुपमा पाल्पातर्फ गएपछि मात्र पाल्पातर्फ रोकिएका गाडि बुटवल आउने ब्यवस्था ट्राफिक प्रहरीले गराएको छ ।

यसले आफुहरुलाई समस्या भएको यात्रुहरुले बताएका छन् । बुटवलको तल्लो सिद्धबाबा चिडिया खोलादेखि पाल्पाको दोभान सम्मको करिव ४ किलोमिटर सडक अत्यन्तै जोखिमयुक्त मानिन्छ । उक्त सडकमा महिनेपच्छिे पहिरो खस्ने र सडक अवरुद्ध हुने भएको छ भने पहिरोका कारण धेरैले ज्यान समेत गुमाउने गरेका छन् ।