बुद्धको मावली स्थल देवदह संरक्षणको पर्खाइमा

1.3K

बुद्धको मावली स्थल देवदह संरक्षणको पर्खाइमा

मिना पौडेल /
देवदह, २७ वैशाख । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको मावली स्थल देवदह संरक्षण पर्खाइमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक रुपमा गुरुयोजना अनुरुप करौडौ रुपैया खर्च गरेर पूर्वाधारका कामहरु गरिदै आएपनि बुद्धको बाल्यकालसंग जोडिएको पूरातात्विक क्षेत्रको उत्खनन् हुन नसक्दा देवदहको क्षेत्र ओझेलमा परेको छ । विश्वमा दिनप्रतिदिन हिसां अनैतिक कार्यहरु बढिरहेको स्थितीमा शान्तिका प्रतिक भनेर चिनिने गौतम बुद्धको मावली गाउ देवदहमा भने अझै पनि उत्खनन्को कार्य हुन सकेको छैन ।

सरकारले उत्खननका लागि आवश्यक बजेट नदिदा देवदह प्रमाणिकरण र संरक्षणमा कठिनाई भएको छ । उक्त क्षेत्रमा अधिकाशं ऐतिहासिक क्षेत्रहरु अतिक्रमण हुदापनि सम्बन्धित निकाय मौन भएर बसेको छ । बिभिन्न समयमा भएको अध्ययन र बुद्धग्रन्थले बुद्धको मावली गा“उ देवदह भएकोे उल्लेख गरिएपनि सो क्षेत्रको उत्खनन् तथा प्रमाणिकरणका काम नहुदा देवदह क्षेत्रको विकासमा बाधा पुगेको भन्न सकिन्छ ।

यसै सन्र्दभमा देवदहलाई परिचित गराउदा देव भन्नाले देवता र दह भन्नाले पोखरी भनेर समेत व्याख्या गरेको छ । देवदह गौतम बुद्धलाई जन्मदिने आमा मायादेवी र सैतेनी आमा प्रजापति गौतमीको जन्मस्थल पनि हो । मायादेवीले तत्कालिन समय अनुसार सिद्धार्थ गौतमलाई जन्माउन देवदह आउदै गर्दा लुम्बिनीको एक बगैचामा उनलाई सुत्केरी व्यथा लागेपछि बुद्धको जन्म लुम्बिनीमा भएको हो । उनलाई जन्म दिएको केही दिनमा मायादेवीको निधन भएपछि गौतम बुद्धले शिशुकर आपधरा ‐सानिआमा) प्रजापति गौतमीसंग देवदहमा बिताएको किम्बदन्तिमा उल्लेख गरिएको छ । जुन स्थान वैरीमाई तथा कन्यामाई नामले परिचित छ । यी क्षेत्रहरु पनि उचित व्यवस्थापनको अभावमा अलपत्र अवस्थामा रहेका छन् । सरकारी निकाय र स्थानिय निकायले समयमै ध्यान नपुराउदा पुरातात्विक महत्वका क्षेत्रहरु अतिक्रमणको चपेटामा परेका छन् । कतिपय महत्तपूर्ण सामाग्रीहरु लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा रहेका छन् । तर पनि सरकारी निकाय किन मौन छन् यसको उत्तर कतै भेटिदैन ।

त्यसैगरी गौतम बुद्धकै पालाको मानिएको ऐतिहासिक पाकरी बृक्ष अलौकिक र विशाल बृक्षको रुपमा परिचित छ । तरपनि यो बृक्ष भित्तेपात्रो, कापिको गातामा चित्रको रुपमा अकिंत रहेको छ । यसको उचित मात्रामा प्रचार प्रसार गर्न सकेमा पर्यटनको बलियो आधार बन्ने थियो । तर त्यसो हुन सकेको छैन । सधैभरी हराभरा रहने यो बृक्षलाई नेपालकै ठूलो बृक्षको रुपमा लिने गरिन्छ । करिब ३० मिटर परिधि र ३० मिटर उचाई भएको यस बृक्षले झन्डै ४ कठ्ठा जमिन ओगटेको छ । गिद्ध जातका चरा नबस्ने, रुखको नजिक हात्ति नजाने यस रुखको बिशेषताहरु रहेका छन् ।

यसरी औलौकिक रुपमा देखिने यो बृक्षमा चलचित्रको छायाकंन गर्न र फोटो खिच्न मात्र नभई आत्म सन्तुष्टि लिने क्रममा बृक्षमा आउने मानिसहरुको भिड लाग्ने गर्दछ । पूर्व पश्चिम राजमार्गको पिपलडाडा चोकदेखी करिब १.५ कि.मि दक्षिणमा रहेको पाकरी बृक्ष सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ । ऐतिहासिक पाकरी बृक्षलाई संरक्षणको लागि विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । उता गौतम बुद्धको माता मायादेवी, सानीआमा प्रजापति र उनकी पत्नी यशोधराको जन्मस्थान भएको ठाउ देवदहको भवानीपुरमा पनि पर्यटकीयको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा पनि पूरातत्व विभाग र लुम्बिनी बिकास कोषले खासै चासोको विषयमा यसलाई हेरेको पाइदैन । उत्खनन्को कार्य शुरुवाद गरेको भन्ने कुरा कागजको पानामा मात्र सिमित देखिन्छ । यस क्षेत्रमा बुद्धको माता मायादेवीको सम्झनामा निमार्ण गरिएको मायादेवी मन्दिरले यहा“को धार्मिक पवित्रताको अनुपम उदाहरण प्रस्तुत गरेको छ । यही स्थानमा हरेक वर्ष रामनवमिको अवसर पारेर मेला समेत लाग्ने गर्दछ ।

गौतम बुद्धकै पालाको भनिने प्राचिनकालमा ऋषिमुनीहरुले स्नान गर्ने दह देवदह नगरपालिकाको वडा नं १० स्थित प्रगति सामुदायिक वनमा अवस्थित रहेको छ । पौराणिक कथन अनुसार सिद्धार्थ गौतम बुद्धले पनि स्नान गर्ने, पौडी खेल्ने गरेकाले यस दहलाई ईश्वरको स्नान गर्ने गरेको दह अर्थात देवदह भनिएको पाईन्छ । देवदह नगरपालिकाको गुरुयोजना अनुरुप देवदह क्षेत्रका राजनीतिक दलहरु, स्थानिय निकाय नगर नगरपालिकाको भनाई अनुसार यस क्षेत्रलाई बोटानिकल गार्डेन, बनाउने र देवदहको पहिचानको रुपमा दहलाई अगाडि सार्ने भनिएतापनि उक्त क्षेत्रको कार्यान्वयनको थालनी भने पूर्ण भएको देखिदैन । सेतो, रातो र गुलाबी फूलहरु फुल्ने भएकाले देवदहलाई बौद्ध धर्ममा मंगल पुष्कारिणीको रुपमा मानिएको छ । बौद्धकालिन रुपमा रहेको तत्कालिन कोलिय राज्यको एउटा दरबार रहेको यस क्षेत्रमा अवशेष रहेको मानिएतापनि उत्खनन्को अभावका कारण विकास र बिस्तारमा कठिनाई भएको छ । सिद्धार्थ गौतम बुद्धले मामाघर आउदा यसै दरवारमा बस्ने र दहमा स्नान गरेको एतिहासिक क्षेत्र संरक्षणको पर्खाइमा रहेको छ ।

देवदह क्षेत्रमा बौद्धिक कालदेखीनै पवित्र तिर्थस्थल मानिएको रोहिणी नदी पनि देवदहको गहनाको रुपमा देखा परेको छ । यसरी बुद्धसंग सम्बन्धित महत्वपूर्ण स्थलहरु दिनप्रतिदिन जीर्ण बन्दा समेत सरोकारवाला निकायले यो विषयलाई गम्भिरताका साथ हरेको पाइदैन । बुद्ध जन्मस्थल लुम्बिनी तथा मावली स्थल देवदह समेत भारतमा नक्कली बन्दा विश्वलाई आखा“मा छारो हान्ने काम भएको छ ।