लोकगीत संगीतको संरक्षणका लागि सामुहिक प्रतिवद्ध

1.3K

लोकगीत संगीतको संरक्षणका लागि सामुहिक प्रतिवद्ध


दिनेश खड्का/
बुटवल, २७ वैशाख । लोकगीत संगंीतको संरक्षणका लागि सामुहिक प्रतिवद्धताका साथ एकजुट भएर लाग्नुपर्ने कलाकारहरुले आंैल्याएका छन् । कला–संस्कृति, गीत–संगीत देशको पहिचान भएकोले देशको अन्तर्राष्ट्रिय स्तरमा परिचयका लागि पनि यसको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि सबैजना जुट्नुपर्नेमा उनीहरुको जोड छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यालय लुम्बिनीको आज भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले कलाकार आफैमा अनुशासित, मर्यादित हुँदै अरुलाई पनि सहि मार्गमा लाग्न उत्प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रतिष्ठानका प्रदेश नं ५ का संयोजक लक्ष्मण खड्काले कलाकारको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको औंल्याउँदै यसका लागि केन्द्रीय समिति तथा अञ्चल समितिसँग समन्वय गरेर रचनात्मक कार्यक्रमहरु गरिने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य नारायण भुषाल, अञ्चल समितिका सल्लाहकार नारायण घिमिरे, रुपन्देहीका अध्यक्ष दिपक गरौजा लगायतले बोल्दै कलाकारहरुबीच ऐक्यबद्धताको खाँचो आंैल्याउनुभयो । साथै उहाँहरुले कलाकारहरु मनोरञ्जनका माध्यम मात्र नभएर सामाजिक कार्यमा पनि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी अञ्चल अध्यक्ष डिल्लीनारायण पाण्डेले प्रतिष्ठानले सञ्चालन गरेका गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी कार्ययोजनाका बारेमा बताउनुभएको थियो ।

महासचिव नारायण वि.पि.को सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष नारायण थापाले राख्नुभएको थियो । यसअघि बुटवलको वि.पि. चोकमा रहेको अञ्चल कार्यालयको प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले उद्घाटन गर्नुभयो । सोही अवसरमा अञ्चल कार्य समिति लुम्बिनीले मातहतमा रहेका ६ वटै जिल्ला कार्यसमितिको विस्तृत विवरण सहित प्रकाशन गरेको भित्तोपात्रो समेत विमोचन गरिएको थियो । महासचिव नारायण वि.पि. संयोजक तथा दिनेश खड्का र योगराज पोखरेल सदस्य रहेको समितिले क्यालेन्डर प्रकाशनको कार्य गरेको थियो ।