सुकुमारीलाई श्रद्धाञ्जली

1.3K

सुकुमारीलाई श्रद्धाञ्जली

बुटवल, २८ वैशाख । नेपाली काँग्रेसकी क्षेत्रीय प्रतिनीधि तथा पूर्व सांसद स्वर्गीय सुर्यप्रसाद प्रधानकी धर्मपत्नी सुकुमारी प्रधानको निधनमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा गरेको छ ।

आज बुटवल वडा नं. ४ स्थिती प्रधानको निवासमा नेपाली काँग्रेस वडा समितिले श्रद्धाञ्जली सभा गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले स्वर्गीय प्रधानको निधनले नेपाली काँग्रेसलाई मात्रै नभएर समाज र मुलुकको सामाजिक बिकासमा प्रत्यक्ष असर गरेको बताउनु भयो । वडा समितिका सभापति अरुणकुमार श्रेष्ठको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि रामबहादुर कार्की, रुपन्देही क्षेत्र नं. ४ का उपसभापति परशुराम ढकाल, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, महिला संघकी केन्द्रीय सदस्य रिजन श्रेष्ठ, विश्व हिन्दु महासंघका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझाले स्वर्गीय सुकुमारी प्रधानको जीवनी प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव गंगा पन्थीले गर्नुभएको थियो । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझाले स्वर्गीय सुकुमारी प्रधानको जीवनी प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव गंगा पन्थीले गर्नुभएको थियो ।