बुटवल, २८ वैशाख । ग्लोकल प्रालीले प्रत्येक वर्ष छनौट गर्ने ‘ग्लोकल टिन हिरो’ को बारेमा बिद्यार्थीलाई जानकारी गराउन आज बुटवल र भैरहवामा अन्तरक्रिया कार्यक्रम गरेको छ । सन् २०१५ देखि ग्लोकल प्रालिले सानो ठूलो जस्तो भएपनि समाजमा उदाहरणीय काम गर्ने १३ देखि १९ वर्षसम्मका युवा बिद्यार्थीको प्रतिभा छनौटगरी ‘ग्लोकल टिन हिरो’ बनाउँदै आएको छ । सोही अनुसार सन् २०१५ मा नवलपरासीकी वीपना शर्मा र ०१६ मा काठमाण्डौका सन्तोष लामिछाने ‘ग्लोकल टिन हिरो’ भईसकेका छन् ।
सन् २०१७ को लागि छनौट गर्न टिन एजका बिद्यार्थीलाई जानकारी गराउनकालागि बुटवल र भैरहवामा अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रमका संयोजक किस्मत पछाईले बताउनु भयो । त्यसका लागि ग्लोकल प्रालिले सन् २०१७ को जुलाई २० सम्म त्यस्ता व्यक्तिले निवेदन गर्ने मिति निर्धारण गरेको छ । ग्लोकल प्रालिले सेप्टेम्बर १ मा अवार्ड वितरण सेरेमोनी गर्ने छ । त्यस अंगाडी नै त्यस्तो प्रतिभावान टिन एजका विद्यार्थीलाई छनौट गरिसक्ने ग्लोकल प्रालिका एक्जुकेटिभ डाईरेक्टर आशिष ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार निवेदनको अध्ययन पछि छनौटमा परेकाबाट दुई चरणमा गरी १ जना छनौट गरिने छ । जसरमा ५ जना फरक फरक क्षेत्रका निर्णायक हुनेछन् । बुटवलको तिलोत्तमा उच्च माध्यमिक बिद्यालयमा गरिएको अन्तरक्रिया कार्यक्रमका बोल्दै क्याम्पसका प्राचार्य प्राध्यापक डा. आरसी आचार्यले यस्ता कार्यक्रमले बिद्यार्थीलाई उत्साह थप्ने र रचनात्मक काम गर्न हौसला प्रदान गर्ने बताउनु भयो ।
कार्यक्रममा युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सुमोदमान सैंजु, बिद्यार्थी सागर सुनार, कार्यक्रम संयोजक किस्मत पछाई लगायतले भनाई राखेका थिए । सो अवसरमा सन २०१६ का ग्लोकल टिन हिरो सन्तोष लामिछानेले युवा बिद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न र उनीहरुलाई अंगाडी बढ्न ग्लोकल प्रालिले राम्रो कामको थालनी गरेको बताउनु भयो ।