बुटवल ११ लाई तीनवटा वडा बनाउन माग

1.3K

बुटवल ११ लाई तीनवटा वडा बनाउन माग


बुटवल, २ जेठ । बुटवल उपमहानगरपालिका (साविक वडा नं. १३) पुनर्संरचना पछिको वडा नं. ११ लाई तीन वटा वडा बनाउन नेपाली काँग्रेस वडा समितिले माग गरेको छ । भौगोलिक र जनसंख्याको हिसावले वडा ठूलो भएको र जनताको सेवा सुविधाकालागि पनि वडा विभाजन अपरिहार्य देखिएकाले विभाजनका लागि सम्बन्धित निकायमा पहल गरिदिन माग गर्दै वडा समितिको निर्णय सहित पार्टीको नगर समितिलाई आग्रह गरिएको नेपाली काँग्रेसका वडा नं. ११ का सभापति चित्रबहादुर बर्माले बताउनु भयो ।

वडा समितिले जनसंख्याको अनुपात र भौगोलिक दृष्टिकोणले वडा विभाजन गर्न आवश्यक देखिएकोले संवन्धित निकायमा विभाजनकोलागि आग्रह सहित सिफारिस गरिएको सभापति बर्माले बताउनु भयो । वडा समितिको बैठकले बुद्धनगर, सीर्जना नगर, नहरपुर, मझुवा, मैनावगर, टप मजुवा, प्रगतिनगर, पवित्र नगर दक्षिणमा एन्फा स्टेडियम देखि पूर्वको ५२ फूटे बाटो हुँदै भुपु क्लवको पश्चिम तथा उत्तर पवित्र नगरसम्म करिव ११ हजार जनसंख्याको बसोबास भएको हुँदा यसलाई एउटा वडा कायम गर्नुपर्ने निर्णय गरेको थियो ।

त्यस्तै उपल्लो माझगाउँ, कवर्डहल, छत्तिस कुलो, दक्षिणकाली मन्दिर हुँदै कुलो सिमाना कायम गरि साविकको वडा नं. १३ को वडा कार्यालयदेखि देवीपथ, देवसिद्ध चोकदेखि दक्षिण तिलोत्तमा नगरपालिकाको सिमानासम्मको क्षेत्रमा करिव १४ हजार जनसंख्या रहेकाले त्यसलाई अर्को वडा कायम गर्नुपर्ने वडा समितिले निर्णय गरेको छ । त्यस्तैगरी पूर्व छत्तिस कुलो, क्षेत्रीय विद्युत कार्यालय, पूर्व सिवालय मन्दिर, सिद्धार्थ राजमार्गको सिमानाबाट दक्षिण योगीकुटी, वडा नं. १३ वडा कार्यालयदेखि दक्षिण गर्वुजा चोक र दक्षिण पूर्व तिलोत्तमाको सिमा क्षेत्रमा करिव ११ हजार जनसंख्या रहेकाले यो क्षेत्रलाई छुट्टै वडा कायम गर्नुपर्ने वडा समितिले निर्णय गरेको छ ।

उपर्युक्त आधार र भौगोलिक बस्तुस्थिती सहित वडा समितिले बुटवल नगर समितिलाई आग्रह सहित गरेको सिफारिस नगर समितिले वडा समितिको निर्णय अनुसार बुटवल ११ लाई तीन वटा वडामा विभाजन गर्न सम्बन्धित निकायमा सिफारिस र पहल गरिदिन जिल्ला समितिमा सिफारिस गरिएको नगर समिति सभापति खेलराज पाण्डेले बताउनु भयो । वडा विभाजनको माग गर्दै वडाको निर्णय सहित नगर समितिले गरेको आग्रह सहितको सिफारिस उपर्युक्त र जायज देखिएकोले वडा विभाजनकोलागि आवश्यक पहल गरिदिन पार्टीको केन्द्रीय कार्यालय र स्थानीय पुनर्संरचना आयोगमा सिफारिस गरिएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले बताउनु भयो ।