भैरहवा, ४ जेठ । नेपाली कांग्रेस सिद्धार्थनगर नगर वडा नम्वर १२ ले घरदैलो अभियान सुरु गरेको छ । आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अभीयान सुरु गरिएको हो । पार्टीले सवै तहका उम्मेदवारहरुको टुङ्गो नलगाउदै कांग्रेस सिनपा १२ ले घरदैलो अभियान सुरु गरेको हो ।
निर्वीरोध बाहेक नेपाली कांग्रेस सिद्धार्थनगरमा स्थानीय तह निर्वाचनकालागी उम्मेदवारको टुङ्गो लागेको छैन । पार्टीले उम्मेदवारको टुङ्गो नलगाए पनि चुनाव चिन्ह लिएर उम्मेदवारका आकाक्षींहरुले सयुक्त रुपमा प्रचार तथा घरदैलो सुरु गरिएको नेपाली कांग्रेस सिद्धार्थनगर १२ का बुथ सभापति एवं उक्त वडा बाट बडा अध्यक्षका आकाक्षीं गोविन्द प्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार वडा नम्वर १२ ले बुधवारदेखी आफ्नो बडामा घरदैलो सुरु गरेको हो । कांग्रेस सिद्धार्थनगर बुथ समीतीहरुले उम्मेदवारका आकाक्षींहरुको नाम नगरमा पठाईसकेका छन् । उक्त नामावली नगरले क्षेत्रीय समितीमा पठाएको छ । भने क्षेत्रीय समितीले लामो समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाएको छैन् ।
उम्मेदवारहरुको टुङ्गो नलाग्दा आकाक्षीं बिच अन्यौलता भईरहेका बेला वडा नं १२ ले उम्मेदवारका सवै आकाक्षींहरु एक साथ भएर घरदैलो अभियान सुरु गरेका हुन् । अभियानमा मेयरका आकाक्षीं दिपक क्षेत्री न्यौपाने, बडा अध्यक्षका आकाक्षीं गोविन्द प्रसाद बस्याल, करुणजगं श्रेष्ठ, सदस्यहरु टीका कुमारी आचार्य, हरीराज बिष्ट, बृजेस कुमार कानु बनीया, बिष्णु बिक, तरुणदल रुपन्देहीका अध्यक्ष एवं सिनपा १३ का बडा अध्यक्षका आकाक्षीं सोम बहादुर गुरुङ्ग (सेते), नगरसचिव सन्जीव शर्मा रेग्मी लगायतको सहभागीता रहेको थियो । नयाँ सडक स्थित बडाको प्रचार प्रसार कार्यालयबाट सुरु भएको घरदैलो अभीयान शान्ति नगर, जनकपथ लगायतका क्षेत्रमा गरिएको थियो ।
बुटवल १९ मा कार्यालय उद्घाटन
नेपाली कांग्रेस रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनका लागि चुनाव प्रचार–प्रसार कार्यालयको बुधबार उद्घाटन गरिएको छ ।
कार्यालयको उद्घाटन गर्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हरि लम्सालले स्थानीय तहको निर्वाचनले स्थानीय नागरिकका अधिकारलाई सुनिश्चित गर्ने भएकाले स्थानीय नागरिकलाई अधिकार सम्पन्न गराउनका लागि पनि स्थानीय तहको निर्वाचनमा सबै सक्रिय हुनु पर्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा सबै एक भएर कांग्रेसको वहुमत ल्याउने कुरामा सक्रिय हुन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो ।
वडा नम्बर १९ समन्वय समितिका सभापति केशव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव जोगबहादुर खत्री, नगर सभापति खेलराज पाण्डे, क्षेत्रीय सदस्य विष्णु पोखरेल, प्रेम सागर चौधरी, जनमुक्ति पार्टिका जिल्ला सदस्य श्याम विक लगायतले आफ्ना प्रतिनिधिहरुलाई चुन्ने अवसर स्थानीय निर्वाचनले दिएकाले निर्वाचनको माहोललाई तताउन सबैसँग आग्रह गर्नुभयो । कांग्रेसका तारा प्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका नेता अनिल खनाल लगायतका एक दर्जन कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोही अवसरमा जनमुक्ति पार्टी र कांग्रेसबीचमा सहकार्य गरेर निर्वाचनमा जाने सहमति पनि बनेको क्षेत्रीय समितिले जनाएको छ ।