ढुंगानाको कथा संग्रह बतासा विमोचन

972

ढुंगानाको कथा संग्रह बतासा विमोचन

देवदह । साहित्यकार निर्मल ढुंगानाको कथा संग्रह बतासाको एक कार्यक्रमका विमोचन गरिएको छ । रोटरी क्लब अफ देवदहको आयोजनामा भएको कार्यक्रममा चितवन वाङमय प्रतिष्ठानका अध्यक्ष एवंम् वरिष्ठ साहित्यकार हरिहर पौडेलले उक्त कथा संग्रहको विमोचन गरेका हुन् ।

सोही अवसरमा वरिष्ठ साहित्यकार पौडेलले साहित्य विद्याले समाजको वास्तविकताको चित्रण गर्ने भएकाले हरेक स्थानमा साहित्यको यथेष्ठ सम्मान हुनुपर्ने बताए । उनले साहित्यले मानिसलाई सामाजिक बनाउने हुदा साहित्य सृजनामा सबै युवाहरु लाग्नुपर्ने बताए । साहित्यकार ढुंगानाले घिन्ताङ गीति एल्वम् २०५८, दिन हराएको दिन गजल संग्रह २०६१, नवैलिने फुलहरु गजल संग्रह २०६५, स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षण विधि पाठ्यपुस्तक सहलेखन २०६७, मुक्तक मिठास संयुक्त संग्रह २०७२ लगायतका बिभिन्न बिद्यामा कलम चलाएर साहित्य क्षेत्रमा योगदान पुराइसकेका छन् ।

कार्यक्रममा देवदह आर्दश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवंम् रोटरीयन जयकिशन अधिकारी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपाल, वरिष्ठ साहित्यकार गजलविद् डा. घनश्याम न्यौपाने, वरिष्ठ लेखक बाबुराम ज्ञवाली, वरिष्ठ साहित्यकार धनराज गिरी, रोटरीयन विमलराज भट्टराई, लेखक तथा साहित्यकार सुमन घिमिरे, दधि स्मृति साहित्य प्रतिष्ठानका सचिव समीर सायर, कञ्चन दर्पण पत्रिकाका गणेश डुमे्र लगायतले भनाई राखेका थिए । कार्यक्रममा कथाको समिक्षा युगिन साहित्य समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले गरेका थिए । भने साहित्यकार निर्मल ढुगांनाको व्याक्तित्व र कीर्तित्वबारे अनुराग साहित्य समाजका राजकिरण अर्यालले चर्चा गरेका थिए ।