प्रचार समिति गठन

1.3K

प्रचार समिति गठन

बुटवल, ७ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा माहौल बनाउनकालागि बुटवलको वडा नं. ४ मा नेपाली काँग्रेसले प्रचार प्रसार समिति गठन गरेको छ ।

नेपाली काँग्रेस वडा समिति र मतदान समितिको संयुक्त भेलाबाट चुन्नप्रसाद पौडेलको संयोजकत्वमा एक हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो । नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेद्वारलाई विजयी बनाउनकालागि प्रभावकारी रुपमा प्रचार कार्यक्रम सञ्चालन गर्नकालागि समिति गठन गरिएको सो पार्टीले जनाएको छ । भेलाले महिला संघ, भूपु सैनिक संघ, तरुण दल लगायतका भातृ संगठनहरुमा पनि प्रचार प्रसार समिति गठन गर्ने निर्णय भएको छ । हालसम्म वडाका बिभिन्न ९ वटा क्षेत्रमा प्रचार प्रसार समिति गठन भईसकेको वडा सचिव गंगा पन्थीले बताउनु भयो ।

वडा सचिव अरुणकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा क्षेत्र नं. ४ रुपन्देहीका सचिव परमानन्द भट्टराई, अर्जुन रानाभाट, मतदान सभापति टेकराज अर्याल, सर्वजित केसी, गोविन्द रिजाल, मन शाही, ललित खरेल, मिनबहादुर कार्की लगायतले धारणा राख्नुभएको थियो ।