प्राधिकरणलाई एक साताको अल्टिमेटम

547

प्राधिकरणलाई एक साताको अल्टिमेटम

बुटवल, ७ जेठ । तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा नगरपालिकामा बिना सुचना हुने लोडसेडिङ्ग, कम भोल्टेज र टिपिङ्गसमस्या हटाउन नेपाल बिद्युत प्राधिकरणलाई एक साताको अल्टिमेटम दिएको छ ।

संघले प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलमा आज डेलिगेशन गईबिना सुचना हुने लोडसेडिङ्ग, कम भोल्टेज र टिपिङ्गसमस्याले उद्योग सञ्चालन नै गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दैध्यानाकर्षण सहित अल्टिमेटम दिएको हो । प्राधिकरणका क्षेत्रीय निमित्त प्रमुख युवराज आचार्यलाई ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष गुणनिधि भण्डारीलेलोड सेडिङ्ग गर्ने भए तालिका प्रकाशित गरी जानकारी गराउन र नभए आधा आधा घण्टामा लाइन जाने आउने, आउदा कम भोल्टेज हुने र टिपिङ्ग भइरहने अवस्थाबाट उद्योगिहरुलाई मुक्त गर्न आग्रह गर्नुभयो ।

कार्यालयका निमित्त प्रमुख आचार्यले लोडसेडिङ्ग तालिका प्रकाशित नगरी लोड हेरेर ठाउ अनुसार १/२ घण्टासम्म गरीएको जानकारी गराउदै कम भोल्टेज र टिपिङ्गको समस्या भारतबाट ल्याएको बिद्युत बितरण गर्दाभएको बताउनु भयो । उहाले ज्ञापन पत्रलाई केन्द्रीय कार्यालयमा पठाउने र कार्यालय प्रमुख आएपछी एक दुई दिनमा थप छलफलका लागि बोलाउने आश्वासन दिनुभयो ।

त्यस अवसरमा संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, नवराज श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की सचिव कमल कडेल सहित २ दर्जन बढी उद्योगीहरुले लोड सेडिङ्ग मुक्त भएको सुचना सबै तर्फ सम्प्रेषण भइरहेको अवस्थामा आफुहरुले खेपेका समस्या तत्काल समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको थियो ।