
ललित पाण्डेय/
सैनामैना, ९ जेठ । नेपाली काँग्रेस सैनामैना नगरसमितिको आज बसेको बसेको बैठकले दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नगरस्तरिय चुनाव प्रचार प्रसार समिति गठन गरेको ।
नगर समिति सहित एघार वटै वडाका सभापति सहित बसेको बैठकले प्रचार प्रसार समिति गठन गरेको हो । सैनामैना नगर समितिका सभापति राम प्रसाद अधिकारीको संयोजकत्वमा १ हजार ४ सय ५१ सदस्सीय नगर स्तरिय चुनाव प्रचार प्रसार समिति गठन गरिएको पार्टीले जनाएको छ ।
चुनाव प्रचार प्रसार समितिको सह–संयोजकमा नेपाल तरुण दल सैनामैना, नेपाल महिला संघ, नेविसंघ, प्रध्यापक संघ प्रजातन्त्र बादी संघ, नेपाल शिक्षक संघ, नेपाल आदिवासी नगर समिति, नेपाल दलित संघ, भूपु सैनौनिक संघ, नेपाल पे्रस युनियन आवद्ध क्रियाशिल सैनामैनाका संचारकर्मी, नेपाल ब्युटिसियन संघ, नेपाल निर्माण मजदुर संघ स्वतन्त्र तथा काँग्रेसका कार्यसमिति सदस्य सहित ११ वटा वडा सभापति सह संयोजकमा रहेका छन् ।
उक्त बैठकले स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनको लागि भातृ संघ, क्रियाशिल सदस्य, शुभेच्छुक संस्था लगायत सबै पाटीए पंक्तिलाई परिचालन गर्ने निर्णय गरिएको छ । यद्यपी पार्टीको अहिले सम्म मेयर उपमेयरको टुंगो भने लागि सकेको छैन् । केही दिनमा टुंगो लगाईने नगर समतिका सचिव टेक बहादुर रेश्मी मगरले जानकारी दिएका छन् ।