काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालय

345

काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालय

बुटवल, १० जेठ । नेपाली काँग्रेसले बुटवल १२ नयाँगाँउमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै नेपाली काँग्रेस क्षेत्र नम्वर ४ का सभापति हरि लम्सालले नेपालको हरेक परिबर्तन नेपाली काँग्रेसकै नेतृत्वले नै गरिरहेको स्मरण गर्दै संबिधान निर्माण गरेको काँग्रेसलाइ यसको कार्यान्वयनकालागि पनि आगामी निर्वाचनमा सबै मिलेर जिताउनुपर्ने बताउनुभयो ।

सभापति लम्सालले बुटवलको बिकासको जग काँग्रेसले नै बसाएको भन्दै स्थानीय तहको चुनावमा पार्टीभित्र जस्ले टिकट पाएपनि काँग्रेसलाइ जिताउन आग्रह गर्नुभयो । सो अबसरमा बोल्दै नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले बुटवलको हरेक समस्याको समाधान काँग्रेसले मात्र गर्न सक्ने बताउदै स्थानीय तहको निर्बाचनमा काँग्रेलाइ जिताएर बुटवलमा बिकासको मूलफुटाउन आग्रह गर्नुभयो ।

सो अवसरमा वडा सभापति रत्नबहादुर थापा, उपसभापति दयाराम न्यौपाने, सचिव टीकाबहादुर थापालगायतले बोल्दै स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउने गरी सबै एकढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।