बुटवल, १३ जेठ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघले आसन्न स्थानीय तहको निर्वाचनलाई नेपाली काँग्रेसको पक्षमा पार्नकालागि प्रचार प्रसारलाई तिव्र बनाउन प्रदेश स्तरीय प्रचार समिति गठन गरेको छ ।
आसन्न स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार र शनिबार नेपाल बिद्यार्थी संघको पाँच नंम्बर प्रदेशको बुटवलमा बसेको बैठकले संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा ५ हजार एक सदस्यीय प्रचार समिति गठन गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । बैठकले नेपाल बिद्यार्थी संघले सुरु गरेको ‘गाउँ जाऔं, नगर जाऔं, जनता जगाऔं, काँग्रेस जिताऔं’ अभियानलाई सफल बनाउनकालागि नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेद्वारलाई विजयी गराउने गरी प्रचार प्रसारमा सक्रियताका साथ लाग्न पनि बिद्यार्थीलाई आह्वान गरेको छ ।
निर्वाचनको समयमा मतदातालाई भ्रमित पार्ने र मुलुकमा विखण्डन निम्त्याउने, सद्भाव भड्काउने, द्वन्द्व निम्त्याउने उग्र राष्ट्रवादको खोक्रो नारा एमालेले ल्याएको बताउँदै त्यसबाट सचेत हुन समेत आम मतदातालाई आग्रह गरेको । हिमाल, पहाड र तराईलाई तोड्नेगरी मधेशी जनताका बिरुद्धमा ल्याएको एमालेको मधेश बिनाको राष्ट्रवाद अपुरो रहेको नेपाल बिद्यार्थी संघका सहमहामन्त्री प्रकाश घिमिरेले बताउनु भयो । त्यसका बिरुद्ध नेपाल बिद्यार्थी संघले अभियान सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।
नेपाल बिद्यार्थी संघले नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेद्वारका बिरुद्धमा कसैलाई पनि नलाग्न आग्रह गर्दै त्यस्ता गतिबिधिमा संलग्न भएमा त्यस्ता बिद्यार्थीलाई संघको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विगत देखि नै नेबिसंघले वैज्ञानिक र व्यबहारिक शिक्षालाई जोड दिंदै आएको बताउँदै प्रदेश संयोजक समेत रहेका उपाध्यक्ष प्रकाश रानाले पढाई सकिएको दिन एक हातमा प्रमाण पत्र र अर्को हातमा नियुक्ति पत्र हुने गरी प्रत्येक स्थनीय तहमा प्राविधिक शिक्षालयको स्थापना गर्न पनि माग गर्नुभयो । बैठकले सार्वजनिक यातायातमा बिद्यार्थी, आन्दोलनका घाईते, अपाङ्ग, जेष्ठ नागरिकलाई दिईएको ४५ प्रतिशत छुटको व्यबस्था पूर्ण रुपमा कार्यान्वयन गर्न, विविध विषयमा छुट्याईएको छात्रबृत्ति पारदर्शी ढंगले वितरण गर्न पनि नेपाल बिद्यार्थी संघले माग गरिएको केन्द्रीय सदस्य सुदर्शन खनालले बताउनु भयो ।
नगरपालिका र गाउँपालिकामा उमेद्वार छिटै टुङ्गो लाग्ने
आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले प्रचारका कार्यक्रमलाई तिव्रता दिएको छ । नेपाली काँग्रेसले नगर, गाउँ तथा वडाहरुमा उम्मेदवारको तय नगरिसकेपनि पार्टीले प्रचारका कार्यक्रमलाई अंगाडी बढाएको हो । पार्टीले आधिकारिक रुपमा उम्मेदवार छनौट नगरिसकेपनि कतिपय वडाबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन् ।
त्यस्ता वडाहरुमा उम्मेदवार सहित प्रचारका कार्यक्रम अंगाडी बढाएका छन् भने उम्मेदवार छनौट नभएका वडा तथा नगर र गाउँपालिकामा पार्टीले अंगाडी सार्ने उम्मेदवारलाई जिताउन आह्वान गर्दै प्रचारका कार्यक्रम अंघि बढेको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाका वडाहरुबाट सर्वसम्मत रुपमा सिफारिस भएका वडाहरुमा चुनाव प्रचार अभियान अन्तरगतका बिभिन्न कार्यक्रम गरेका छन् । बुटवलका वडा नं. २, ५, ६, ७, १०, ११, १३, १४, १५ लगायतका वडामा उम्मेद्वार सहित प्रचार प्रसार गरेका छन् भने उम्मेदवार छनौट हुन नसकेका वडाहरुमा पार्टीका वडा समितिहरुले भेला तथा कार्यकर्ता प्रशिक्षण लगायतका कार्यक्रम गरिरहेका छन् ।
बुटवलको वडा नं. १०मा जनमुक्तिसंग चुनावी तालमेल गरेको नेपाली काँग्रेसले उम्मेदवार सहित पहिलो चरणको घरदैलो कार्यक्रम शनिबार सम्पन्न गरिसकेको वडा सभापति तथा अध्यक्षका उम्मेदवार खड्गबहादुर महतले जानकारी दिनुभयो । त्यस्तै जिल्लामै सबैभन्दा पहिला सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरि पठाएको बुटवलको वडा नं. १३ मतदाता मेटघाट, भेला लगायतका कार्यक्रम गरिरहेको छ । यस्ता प्रचारात्मक कार्यक्रम सकेर घरदैलो गर्ने वडा सभापति पुरुषेत्तम बस्यालले जानकारी गराउनु भयो । गर्मि मौषमका बिच पार्टीले बिहान साँझ प्रचारका कार्यक्रम गरिरहेको वडा सभापतिहरुले बताएका छन् ।
बुटवलको वडा नं. २ मा बिरु लामा, ५ मा हरिप्रसाद श्रेष्ठ, ६ मा निर्मलप्रसाद आर्चाय, ७ मा पदमबहादुर गाहा, १० मा खड्गबहादुर महत, ११ मा साबित्रा टण्डन, १३ मा नारायणसिंह पुन, १४ मा लिलबहादुर थापा, १५ मा प्रेम पौडेललाई पार्टीका वडा समितिले सर्वसम्मत रुपमा वडा अध्यक्षमा सिफारिस गरि क्षेत्रमा पठाएका छन् भने त्यससंगै ती वडाहरुले उम्मेद्वार सहित प्रचार प्रसारका कार्यक्रम गरेका हुन् । बाँकी वडाहरुमा आईतबार बिहानसम्म टुंगो लगाउने क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरि लम्सालले जानकारी दिनुभयो । त्यस्तै उपमहानगरपालिका, नगरपालिका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एक दुई दिन भित्रमा टुङ्ग्याउने नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले बताउनु भयो ।
प्रतिबद्धता पत्र सार्वजनिक
आफ्नो बडाको समग्र बिकास गर्ने १२ बुदे योजना सहित नेपाली काग्रेस सिद्धार्थनगर बडा नम्वर ७ ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा सडक, नाला, सार्वजनिक सौचालय, बेरोजगार अन्त्यकालागी सिपमुलक तालिम सचांलन, सोच्छ पिउने पानीको ब्यबस्थापन, सरसफाई, बडामा रहेका मठमन्दिर, मस्जिद, गुम्वा तथा गिर्जाघरको संरक्षण देखि सार्वजनिक सरकारी जग्गाको संरक्षण तथा ब्यबस्थापनसम्मका योजनाहरु राखिएको छ ।
उक्त वडा बाट नेपाली काग्रेसको तर्फबाट बडा अध्यक्षका उम्मेदवार रहेका भिमसेन कर्मचार्यले यसअघि आफ्नो पालामा अपुरा रहेका कामहरु पुरा गर्दै थप नयाँ योजनाहरु सचांलन गर्ने बताउनु भयो । नेपाली कांग्रेसमा २०१५ सालदेखीनै सक्रिय कर्मचार्य यसअघी दुईपटक बडा अध्यक्ष भईसक्नु भएको छ । आफु बडा अध्यक्ष हुदा बडा नम्वर सातमा रहेका भैरहवा गाउँमा पहिलो पटक पिच सडक निमार्ण गरेको र भैरहवामा बिजुलीको पक्की पोल समेत आफ्नो पालामा ल्याएको बताउनु भयो ।
२०५१ सालमा भैरहवा गाउँको सडकको पिच भएको र त्यो नै भैरहवाको पलिो पिच सडक भएको उहाँले बताउनु भयो । उहाँ २०५० र २०५४ को स्थानीय निकायको निर्वाचनमा सिद्धार्थनगर बडानम्वर सातको बडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । नेपाली कांग्रेस सिद्धार्थनगर ७ बुथ समीतीका सभापति बसन्तलाल कर्णले बडा अध्यक्षका उम्मेदवार कर्मचार्य सहित सदस्यहरु नर्मदा रेग्मी, अकाली ढाडी, किरण घिमिरे र प्रविणजंग राणा अनुभवी, योग्य र क्षमतावान उम्मेदवार भएकाले काँग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो । यता आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचन नजिकै गर्दा नेपाली काँग्रेस सिद्धार्थ नगरका १३ बटै बडाहरु सक्र्रीय रुपमा प्रचार प्रसारमा जुटेका छन् । १३ बटै बडामा बिहान र साझँ गरी दुईचरणमा दिनहु घरदैलो अभियान भईरहेको छ ।
क्रियाशिल भेला
आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बुटवलको वडा नं. १३ मा नेपाली काँग्रेसले प्रचार अभियानकै क्रममा क्रियाशिल भेला गरेको छ ।
शनिबार भएको क्रियाशिल भेलामा नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेदवारलाई जिताउने गरी भूमिका निर्वाह गर्न पार्टीले पार्टीका क्रियाशिल सदस्य सबैलाई आह्वान गरेको बुथ सचिव खिमानन्द पौडेलले जानकारी दिनुभयो ।
वडा सपभाति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको भेलामा वडा अध्यक्षका उम्मेदवार नारायणसिंह पुनले आफूले चुनाव जितेको खण्डमा समग्र वडाको एकिकृत बिकासको रणनीतिक योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले ५ वर्षे कार्यकालमा अल्पकालिन, मध्येकालिन र दीघकालिन योजना बनाएर प्राथमिकताका आधारमा ती योजनालाई अंगाडी बढाउनु भयो ।
उक्त वडामा नेपाली काँग्रेसले २० वटा टोल समिति बनाएर प्रचारका कार्यक्रम गर्दै आएको छ । जसमध्ये १२ वटा टोलमा भेला तथा सामुहिक आह्वान गर्ने कार्यक्रम सकिएको र काँकी टोलमा क्रमशः प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने सो पार्टीले जनाएको छ । त्यस्तै ती टोलमा प्रचारात्मक भेला लगायतका कार्यक्रम सकिएपछि मम्मेदवार सहित घरदैलो गर्ने प्रसारप्रसार समितिका संयोजक नारायण खनालले जानकारी गराउनु भयो । सो वडामा पार्टीले सबै पदमा सर्वसम्मत उम्मेद्वार चयन गरि पार्टीमा सिफारिस गरि प्रचारमा केन्द्रित भएको छ ।