
भैरहवा, १४ जेठ । यही जेठ ३१ गते हुने स्थानिय तह निर्वाचनको मनोनय मिति नजिकिदै गर्दा नेपाली काँग्रेस रुपन्देही उम्मेदवार छनौटमा जुटेको छ ।
वडा, नगर तथा क्षेत्रीय समितिबाट सर्वसम्वत उम्मेदवार चयन हुन नसकेका स्थानहरुमा सर्वसम्वत गराउन जिल्ला कार्यसमिति अन्तिम कसरतमा जुटेको छ । नेपाली काँग्रेस रुपन्देहीको आईतवार भैरहवामा बसेको बैठकले उम्मेदवार छनौट तथा सर्वसम्वत हुन नसकेका स्थानमा सर्वसम्वत उम्मेदवार छनौट गर्ने जिम्मा जिल्ला छनौट समितिलाई दिएको छ । जिल्ला छनौट समितिले आईतवारदेखि उम्मेदवार सर्वसम्वत गराउन पहल थालेको छ । सोमवार बस्ने बैठकमा उम्मेदवार सर्वसम्मत गराउन अन्तिमसम्म पनि प्रयास गरिने र सर्वसम्मत हुन नसकेको स्थानको नामावली केन्द्रीय छनौट समितिमा पठाईने नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं सासंद अब्दुल रज्जाकले जानकारी दिनु भयो ।
उहाँका अनुसार जिल्लामा धेरै जसो बडा अध्यक्ष तथा सदस्यहरुको क्षेत्रीय छनौट समितिले सर्वसम्वत रुपमा उम्मेदवार छनौट गरी जिल्लामा पठाएको छ । क्षेत्रीय छनौट समितिले मिलाउन नसकेका नगरपालिका तथा गाउपालिका उम्मेदवारहरुको जिल्ला छनौट समितिले सर्वसम्वत गराउने प्रयास गर्ने छ । ‘केन्द्रीय परिपत्र अनुसार क्षेत्रीय छनौट समितिले उम्मेदवारहरुको नामावली जिल्ला कार्यसमितिमा पठायो । जिल्लाको बैठकले क्षेत्रबाट सर्वसम्वत नभई आएको नामावलीलाई छानविन गरी उम्मेदवार टुगों लगाउने जिम्मा जिल्ला छनौट समितिलाई दिएको जिल्ला सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
यता नेपाली काँग्रेस क्षेत्रीय छनौट समिति क्षेत्र नम्वर २ ले सिद्धार्थ नगरको उपमेयरमा माधवी शर्मा वाग्लेको नाम निर्णय गरेको छ । क्षेत्रीय छनौट समितिको आईतवार बसेको बैठकले शर्मालाई नेपाली काँग्रेस सिद्धार्थनगरको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । क्षेत्रीय छनौट समितिले उपमेयरको टुगों लगाए पनि मेयर पदको भने टुगों लगाएको छैन् । यसअघी नगरसमितिबाट सिफारीस भएका ६ जनालाई नै क्षेत्रले जिल्लामा सिफारीस गरेको हो ।
नगर प्रमुखकालागि क्षेत्रले ओम कुमार श्रेष्ठ, मातृका प्रसाद यादव, सुरेन्द्र जंग थापा, दिपक क्षेत्री न्यौपाने, गोपालमान राजभण्डारी र महेन्द्र कुमार श्रेष्ठलाई सिफारिस गरेको हो । ओमसतिया गाउँपालिकाका अध्यक्षमा महेन्द्र प्रताप चौधरी र उपाध्यक्षमा मिना भण्डारी काँग्रेसबाट उम्मेदवार भएका छन् । यसअघी भएको सिद्धार्थ नगर १ को सदस्य पदमा क्षेत्रले सशोधन गरेको छ । यसअघीको निर्णयलाई ससोधन गर्दै क्षेत्रले वडा सदस्य पुरुष तर्फ राज किशोर अहिरलाई उम्मेदवार बनाएको छ ।
क्षेत्रले सिद्धार्थ नगर नगरपालिकाको बडा नम्वर १ मा रमेश मल्ल, २ मा जगदीश पाठक, ३ मा चन्द्रवली यादव, ४ मा नरेन्द्र रौनीयार, ५ मा पुरन प्रसाद श्रेष्ठ, ६ मा धिरेन्द्र श्रीवास्तव, ७ मा भिमसेन कर्मचार्य, ८ मा राजनजगं राणाँ, ९ मा श्याम खानाल, १० मा बिजय नाथ धवल, ११ मा राजेस्वर यादव, १२ मा करुणजगं श्रेष्ठ र १३ मा सोमबहादुर गुरुङ्ग (सेते) ले बडा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरिसकेको छ । क्षेत्रले उम्मेदवार घोषणा गरेसगै बडा अध्यक्ष तथा सदस्यहरु प्रचार प्रसारमा जुटेका छन् ।

सैनामैनामा समाचार डेस्क स्थापना
स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसको प्रचारप्रसार समन्वय उपसमितिले सैनामैनामा समाचार डेस्क स्थापना गरेको छ ।
स्थानिय तहको निर्वाचनमा एक द्वार प्रणाली अपनाउदै सत्य समाचार सम्प्रेषण गर्नका लागि समाचार डेक्सको स्थापना गरिएको हो । जसमा नेपाल प्रेस युनियन रुपन्देहीका पूर्व सभापति छवीलाल पाण्डेको संयोजकत्वमा सैनामैना नगरपालिकामा रहेका प्रेस युनियनसंग आवद्ध पत्रकारहरु सदस्य रहने गरी समाचार डेक्स स्थापना गरिएको छ ।
सैनामैना नगरपालिका ६ मा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा स्थापना गरिएको कार्यालयको आइतवार नेपाली कांग्रेस रुपन्देहीका सैनामैना नगर सभापति रामप्रसाद अधिकारीले उद्घाटन गर्दै आसन्न स्थानिय निकायको चुनाममा नेपाली कांग्रेसको विजयले मात्र संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षा हुन सक्ने धारणा राख्नु भएको थियो । त्यसका लागि पार्टीका सबै तहका व्यक्तिका साथमा प्रेसको ठूलो भूमिका रहने हुदा प्रचार प्रसारका लागि डेक्स स्थापना गरिएको बताउनु भयो ।
नेपाल प्रेस युनियनका सभापति विक्रम खड्काले हरेक क्षेत्रमा भएका गतिविधिलाई सञ्चारको माध्यमबाट सर्वसाधारणमा पु¥याउन समाचार डेक्सको आवश्यकता औल्याउनु भएको थियो । उक्त अवसरमा नेपाल प्रेस युनियन पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति रामराज पोख्रेल, नेपाल प्रेस युनियन क्षेत्रीय सचिव हरिश ढकाल, नेपाली कांग्रेस सैनामैना नगर उपसभापति गुरुप्रसाद पराजुली, नेपाली काङ्ग्रेस सैनामैना नगर सचिव टेक बहादुर रेश्मी, नेपाली कांग्रेस सैनामैना नगर सल्लाहकार कृष्ण पोख्रेल, नेपाल महिला संघ सैनामैना नगर सभापति सीता पोख्रेल, जिल्ला समाचार डेक्स संयोजक यमलाल भुसाल लगायतले भनाई राख्नु भएको थियो ।
नेपाल प्रेस युनियनका सभापति विक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन रुपन्देहीका पूर्व सभापति छविलाल पाण्डेले गर्नुभएको थियो ।