काँग्रेस र जनमुक्ति बिच दुई वडामा चुनावी तालमेल

305

काँग्रेस र जनमुक्ति बिच दुई वडामा चुनावी तालमेल

बुटवल /स्थानिय निकायको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा न ७ र १० मा नेपाली कांग्रेस र राष्ट्रिय जनमुिक्त पार्टीका विचमा चुनावी तालमेल भएको छ ।
स्थानिय तहको निर्वाचनका लागि ति वडाबाट दुई पार्टीका विच तालमेल गरि चुनावी प्रतिस्पर्दामा उत्रिएका हुन् । जस अनुसार वडा ७ मा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदम बहादुर गाहा उम्मेदवार रहेका छन् भने सदस्यहरुमा दुई पार्टीका विचमा वांडफांड गरिएको छ ।
जस अनुसार जनमुिक्त पार्टीलाई महिला सदस्य र खुल्ला सदस्य एक एक पद दिने सहमति भएको छ । जनमुक्तिवाट महिला सदस्यमा बसन्ती साठेघरे र खुल्लामा मनिराज गुरुङ रहनु भएको छ ।
त्यसैग िवडा नम्बर १० मा नेपाली काँग्रेसका वडा अध्यक्षमा अडक बहादुर महत हुने गरि एक खुल्ला सदस्यमा जनमुक्तिका भेग बहादुर सारुमगर र जनमुक्तिकै महिला तर्फको दलित सदस्यमा सपना किबेलाई दिने गरि सहमती भएको छ ।

यसैविच सो वडामा सम्युक्त रुपमा प्रचार कार्यालयको पनि उद्घाटन गरिएको छ । बुटवल ७ सिदेश्वर प्राङगणको पुर्वतर्फ स्थापना गरिएको कार्यालयको एक समारोहकाविच सोमबार उद्घाटन गरिएको हो ।
नेपाली कांग्रेसका वडा सभापती कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनमुक्ति पार्टीका प्रदेश अध्यक्ष धनी आलेले कार्यालयको उद्घाटन गर्नु भयो ।