मंगलापुरमा संयुक्त प्रचार कार्यालय

590

मंगलापुरमा संयुक्त प्रचार कार्यालय

बुटवल, १८ जेठ । नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीबिच चुनावी तालमेल गरी तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरेको छ ।
उक्त प्रचार कार्यालयको पार्टीका पूर्व केन्द्रीय सदस्य बाबुराम राना र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य क्षेत्रबहादुर दर्लामिले बिहिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
प्रचार कार्यालयको उद्घाटन गर्दै दुई पार्टीको एलाईन्सले तिलोत्तमा नगरपालिकामा आफूहरुको जित सुनिश्चित भएको बताउनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँण, जमुक्तिका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ् लगायतले भनाई सहित एलाईन्स अनुसार मतदान गर्न मतदातालाई आह्वान गरेका थिए ।
नेपाली काँग्रेसका वडा सभापति सुशिल घिमिरे र जनमुक्तिका वडा अध्यक्ष आसबहादुर गुरुङ्को संयुक्त सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन काँग्रेसका वडा सचिव कमल कंडेलले गर्नुभएको थियो । चुनाव प्रचार कार्यालयको उद्घाटन पछि संयुक्त रुपमा प्रचारात्मक मोटरसाईकल ¥याली प्रदर्शन गरिएको छ । मंगलापुरदेखि सुरु गरिएको ¥याली सेमराबजार पुगेर पुन भलवारी पुगेर सकिएको थियो ।