साना दलको चित्त बुझाउन मन्त्रालय फुटाउने तयारी

359

साना दलको चित्त बुझाउन मन्त्रालय फुटाउने तयारी

asfकाठमाडौं । सरकारमा सहभागी साना दलहरुलाई चित्त बुझाउन र सरकारको आधार ठूलो बनाउन हाल कायम रहेका केही मन्त्रालयलाई फुटाउने गृहकार्य सुरु भएको छ ।

सरकारमा सहभागी हुन चाहनेहरुको संख्या ठूलो रहेको र साना दलहरुबाट पनि मन्त्रीका लागि दबाब बढेकाले अहिले कायम रहेका केही मन्त्रालय फुटाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

हाल कायम रहेका २५ मन्त्रालयमध्ये केही विभाजन हुने सम्भावना छ । संघीय मामिला र स्थानीय विकासलाई अलग-अलग मन्त्रालय बनाइने तयारी छ ।

त्यस्तै वातावरण तथा विज्ञान प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत फुटाएर जनसंख्या तथा वातावरण गरी दुई मन्त्रालय थप गरिने तयारी भइरहेको स्रोतले बतायो ।

कानुन तथा न्याय र संसदीय व्यवस्था मन्त्रालय पनि अलग-अलग बनाउने चर्चा चलेको छ । तर, कानून मन्त्रालय विभाजनको बारेमा कुनै गृहकार्य नभएको सरकारका प्रवक्ता अग्नि खरेलले बताए ।