मणिग्राममा दुर्घटना,एक जनाको मृत्यु

मणिग्राममा दुर्घटना,एक जनाको मृत्यु

bcbcbcbbबुटवल,कार्तिक । रुपन्देहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित ५ जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवा आउँदै गरेको लु १ ख ७२७२ नम्बरको बस रुपन्देहीको मणीग्राममा अनियन्त्रित भएर रुखमा ठोक्किँदा बुटवलका १८ वर्षीय विवेक थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीका अनुसार थापा अर्कै बसका सहचालक हुन् ।

दुर्घटनामा घाइतेहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । बस चालकको अवस्था गम्भिर छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •