पेन्सन क्याम्पलाई स्थायी बनाउने सवालमा प्रोपोगान्डा नगर्न सैनिक संघको आग्रह

1.3K

पेन्सन क्याम्पलाई स्थायी बनाउने सवालमा प्रोपोगान्डा नगर्न सैनिक संघको आग्रह

बुटवल, २९ जेठ
बुटवल उपमहानगरपालिका वडा नं. २ फूलवारीको स्थित अस्थायी पेन्सन क्याम्पलाई स्थायी बनाउन थप जग्गा प्राप्त भएको र काम अंगाडी बढेकाले त्यसमा कसैले पनि अनावश्यक प्रोपोगान्डा नगर्न नेपाल भूतपूर्व सैनिक संघ रुपन्देहीले आग्रह गरेको छ ।

स्थायी पेन्सन क्याम्प भूतपूर्व सैनिक र उनका परिवारकालागि अत्यावश्यक रहेकाले भूपूका आवश्यकतामा अंकुस लगाउने काम नगर्न आग्रह गरेको हो

नेपाल भूतपूर्व सैनिक संघ रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले स्थायी पेन्सन क्याम्प निर्माणकालागि थप २३ कट्ठा जग्गा उपलब्ध गराएको भन्दै कृतज्ञता ज्ञापन गरेको हो ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा भारतीय भूपूका लागि पेन्सन वितरण गर्न २०४९ सालमा अस्थायी रुपमा स्थापना भएको पेन्सन क्याम्लाई स्थायी बनाउने काममा भूतपूर्व संनिक संघका संस्थाहरु तथा बुटवल उपमहानगरपालिका नगर बिकास समितिका अध्यक्ष खेलराज पाण्डेको पहल कदमीमा जग्गा प्राप्त भएको उल्लेख गरिएको छ ।

स्थायी पेन्सन क्याम्पका लागि पटक पटक भएका राजनीतिक पार्टीहरुसंगको छलफलमा नेकपा एमालेले गरेको असहयोगका कारण १२ वर्षदेखि आफूहरुको प्रयास विफल भएको भएपनि यसअघिल्लो सरकारका पालामा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति समेत रहेका खेलराज पाण्डेको पहलकदमीमा रक्षा मन्त्री बालकृष्ण खाँण र बन मन्त्री शंकर भण्डारीको सक्रियताले पेन्सन क्याम्पकालागि जग्गा प्राप्त भएको बताउँदै संघका जिल्ला अध्यक्ष खगेश्वर पुनले यसले भूपूहरुकालागि ठूलो राहत प्राप्त भएको बताउनु भयो ।
स्थायी पेन्सन क्याम्पकालागि जग्गा प्राप्त भएपछि एमाले लगायतका दलहरुले भारतीय सैनिकको अखडा बन्ने भन्दै अफ्वाह फैलाएको प्रति आफूहरुको ध्यानाकर्षण भएको र स्थायी पेन्सन क्याम्पको श्रेय नेपाली काँग्रेसलाई जाने भएकाले एमाले लगायतका दलहरुले बिरोध गरेको उहाँले बताउनु भयो ।
नेपाली काँग्रेसको नेतृत्वमा स्थायी क्याम्प बन्न लागेपछि एमालेले अफ्वाह फैलाउन खोजेको उहाँले बताउनु भयो ।
स्वीकृत जग्गा जितगढी किल्लाको परिषर भित्र नपर्ने भएकाले किल्लाको अतिक्रमण नुहने, स्थायी क्याम्प बनेपछि जीतगढी किल्लाको संरक्षण एवं स्तरोन्नती हुने, भारतीय सैनिकको अखडा नबन्ने र त्यसकोलागि पोखरा र धरानको पेन्सन क्याम अध्ययन गर्न अध्यक्ष पुनले आग्रह गर्नुभयो ।

भारतीय भूपूका पेन्सन सम्बन्धि सम्पूर्ण अभिलेखहरु व्यबस्थित र दुरुस्त राख्नुपर्ने तथा भूपूका सबै समस्या यहिबाट समाधान हुने भएकाले भूपूका लागि अतिआवश्यक रहेकाले कसैलाई पनि त्यसको बिरोध नगर्न आग्रह गर्नुभयो । प्रत्येक दिन ५ सय जना बढीलाई पेन्सन वितरणको सुविधा, पोलि क्लिनिकको व्यबस्था, सुदुर पश्चिम सम्मका पेन्सनरहरुलाई आवश्यक कागजात मिलानकालागि बुटवलबाटै सेवा उपलब्ध हुने भएकाले भूपूका लागि महत्वपूण उपलब्धि हासिल भएको संघका जिल्ला सचिव पदमबहादुर खाम्चाले बताउनु भयो ।

नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य यमबहादुर खत्रीले भारतीय सरकारको स्वार्थ नभई नेपाली भूपू सैनिकको आवश्यकता भएकाले यहाँ स्थायी पेन्सन क्याम्प बनेपछि त्यसको लाभ पनि नेपालीले नै लिने र त्यसपछि यहाँको बिकासमा पनि क्याम्पबाट उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।