बर्तमान सरकार सर्प, बिच्छी र भ्यागुताको मेल – खाँण

बर्तमान सरकार सर्प, बिच्छी र भ्यागुताको मेल – खाँण

khanबुटवल, १३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बर्तमान सरकार लामो समय टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ ।
अलग अलग राजनीतिक पृष्ठभूमि भएका राजनीतिक दलहरुको अप्राकृतिक सत्ता समिकरण बनेको, दुई तिहाई बहुमत पनि नभएको र व्यबस्थापिका संसदमा एक तिहाई भन्दा बढी संख्या सरकार बाहिर रहेको नेपाली कांग्रेस एक्लैको भएकाले पनि यो सरकारको आयु लामो नभएको बताउनु भएको हो ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै व्यबस्थापिका संसदका सदस्य समेत रहनुभएका नेता खाँणले वर्तमान सरकारले जुन दिन व्यबस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव ल्याउँछ त्यो दिन नै यो सरकारको अन्तिम दिन हुने चेतावनी दिनुभयो ।
बर्तमान सरकारको सत्ता समिकरण अप्राकृतिक भएका कारण पनि लामो समय टिक्न नसक्ने भन्दै उहाँले प्रश्न गर्नुभयो–‘सर्प, बिच्छी र भ्यागुताको मेल कहिलेसम्म चल्न सक्छ ?’
कट्टर हिन्दुवादी, कट्टटर हिन्दु बिरोधी, कट्टर संघीयताको पक्षधर र कट्टर संघीयता विरोध एउटा सरकारमा रहेकाले पनि यो सरकारको आयु छोटो भएको बताउनु भएको हो ।
संविधान सभाबाट संविधान जारी भएपछि मुख्य ठूला तिन दल मिलेर सरकार चलाउन भन्ने चाहना जनताको पनि भएको बताउँदै उहाँले अहिले नेपाली कांग्रेस एक्लिनुमा पार्टी नेतृत्वको पनि दोष भएको औंल्याउनु भयो । उहाँले भन्नुभयो–‘पार्टीको नेतृत्वले पनि रिभाईव गर्ने वेला भएको छ ।
शनिबार नै नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहनुभएका नेता खाँणले मधेशवादी दलको सिमामा गरेको आन्दोलनले नेपाली जनताले घुँडा नटेक्ने चेतावनी दिनुभयो । अलग अलग राजनीतिक पृष्ठभूमि बोकेका राजनीतिक दलहरुले मिलेर बनाएको संविधान भएकाले संविधानमा केही कमिकमजोरी भएपनि अन्यमुलुकको तुलनामा उत्कृष्ट रहेको बताउनु भयो ।
संविधानमा भएका राष्ट्रियता बाहेकका सवालमा औचित्यता पुष्टि गरेर सबैकुरा बलल्द सकिने भएकाले संविधानको विषयलाई लिएर आन्दोलन गर्नु अर्थपूर्ण नभएको टिप्पणी गर्नुभयो । उहाँले नेपाली कांग्रेस सरकारमा रहेपनि प्रतिपक्षमा रहेपनि नेपाली जनताको साथमै रहेको प्रष्ट पार्नुभयो ।
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा व्यबस्थापिका सांसद अब्दुल रज्जाकले कांग्रेस बिना मुलुकका कुनै पनि समस्या समाधान हुन नसक्ने बताउँदै माले मसाले र मण्डलेको समिकरणमा बनेको सरकार नेपाली जनतालाई पनि चित्त नबुझेको बताउनु भयो ।
नेपाली कांग्रेस रुपन्देहीले प्रत्येक वर्ष दशै, तिहार, ईद, नेपाल संवत, छठ लगायतका पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रममा नेपाली कांग्रेस, एमाले, एमाओवादी लगायतका राजनीतिक दलका नेता पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •