उपमेयर सर्मा वाग्ले भन्छीन् –नगरमा बाल एवं मातृत्व भावको अभिबृद्धी गर्छु

1.3K

उपमेयर सर्मा वाग्ले भन्छीन् –नगरमा बाल एवं मातृत्व भावको अभिबृद्धी गर्छु

भैरहवा, १ असार
नेपाली काँग्रेस सिद्धार्थनगर नगरपालीका, भैरहवाका मेयरपदका उम्मेदवार मातृका प्रसाद यादवले भैरहवालाई पर्यटकीय नगरको रुपमा बिकास गर्ने आफ्नो पहीलो योजना रहेको बताएका छन् ।

पर्यटकीय नगर बनाउनकोलागी आवश्यक पुर्वाधारहरु क्रमस बिकास गरी योजनाबद्ध ढगंले अगाडी बढ्ने बताएका छन् । मतदाताहरुसगंको नियमीत भेटघाटको क्रममा बिहीबार उनले आफु मेयर पदमा बिजयी भएमा गर्ने कामहरुको बारेमा औल्याउदै उनले उक्त कुरा बताएका हुन् ।

गौतम बुद्धको जन्मस्थल लुम्विनीको प्रबेसद्धारमा रहेको सिद्धार्थनगरमा पर्यटकलाई आकर्षीत गर्ने गरी नगरलाई सन्दरीकरण गर्ने उनले बताए । उनले यसकोलागी नगरलाई हरीयाली, बाताबरण मैत्री, प्रदुषण मुक्त, पाकीङ्ग ब्यबस्थापन, फन पार्क, वनभोज स्थल, मनोरञ्जन स्थल र खेलकुद मैदानको निर्माण जस्ता कामलाई उच्च प्राथमीकताका साथ  अगाडी बढाईने प्रतिबद्धता जनाए ।

नगरपालिका भित्रका सम्पुर्ण सडकलाई पक्की बनाउने, सबै ग्रामिण भेगमा पनि विकासको गति बढाउने, बिद्युतको समस्याको दिर्घकालीन समाधानका लागि पनि योजनाबद्ध तरीकाले काम गर्ने उनले सुनाए ।

नगरपालीकाको समग्र बिकासकालागी आवधीक गुयोजना तयार गरी बाहीरी चक्रपथको निमार्ण, नगरपालीकाको स्तर बृद्धी गरी उपमहानगरपालीका बनाउन पहल गर्ने, फोहोर ब्यबस्थापनकोलागी पट्ख्यौलाीमा तुरुन्त डम्पीनसाइट निमार्ण अगाडी बढाउने, सुरुमा नगरका चारवटा चोकमा चार वटा घुम्ती  सौचालय सेवा सचालन गर्ने पनि आफ्नो योजनामा रहेको उनले बताए ।

नेपाली काँग्रेस क्षेत्र नं २ रुपन्देहीका सभापति समेत रहेका यादवले यस क्षेत्रको भाषा, साहित्य, कला समग्र क्षेत्रको बिकासकालागी काम गर्दै नगरका युवाहरूलाई लक्षित गरी स्वरोजगार, आयमूलक तथा सीपमूलक तालिमको बिषेस प्याकेज ल्याउने घोषणा गरेका छन् ।

उपमेयरकी उम्मेदवार माधवी शर्मा वाग्लेले महीला शसक्तीकरण एवं आयआर्जनकालागी सिपमुलक अवसरहरु नगरवासीलाई प्रदान गरीने बताइन् । उनले नगरमा रहेका अतीबिपन्न, सिमान्तकृत, अपाङ्ग एवं असत्त समुदायको हितकालागी लोककल्याणाकारी योजनाहरु ल्याउने बताईन् ।

उपमेयरकी उम्मेदवार बाग्लेले नगर, बडामा शान्ति एवं मेलमिलाप केन्द्र गठन गरी प्रभावकारी ढगंले सेवा प्रदान गर्ने, बडा नं ७ र १२ मा बाल एवं बृद्धाआश्रम सयुक्त रुपमा सचांलनगरी बाल एवं मातृत्व भाव अभीबृद्धी गर्ने, बडा एवं नगरमा बैज्ञानीक एवं समय सापेक्ष कर प्राणाली लागुगरी आर्थीक रुपमा नगरलाई सवल बनाउने जानकारी दिईन् ।