बुटवल, १ असार । नयां शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम लगायत सात दल र स्वतन्त्र समूह मिलेर बनेको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिका वडा नंं १ ( साविक ३) मा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ ।
कार्यालयको संयुक्त लोकतान्त्रिक मोर्चा रुपन्देहीका संयोजक एवं नयां शक्ति पार्टी नेपालका नेता वामदेव क्षेत्रीले उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै नेता क्षेत्रीले पुराना दलहरु भ्रष्टाचारमा लिप्त रहेकाले जनताले सुशासन र वैकल्पिक शक्तिको खोजी गरेको बताउनु भयो ।
सो अवसरमा संघीय समाजवादी फोरम रुपन्देही क्षेत्र नंं ४ का अध्यक्ष अशोक वर्माले मधेशी, थारु, मुस्लिम, दलित लगायत जनजाति र खस आर्य सबै समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउनका लागि नयां शक्ति र संघीय समाजवादी फोरमसहितको ७ दलीय मोर्चा समर्थित उम्मेदवारलाई जिताउनुपर्ने बताउनु भयो ।
कार्यालय उद्घाटनपछि मोर्चाले वडा नंं १ मा घरदैलो समेत सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा मोर्चा समर्थित संघीय समाजवादी फोरमको तर्फबाट वडा नंं १ का अध्यक्षका उम्मेदवार मोहम्मद समिर र वडा सदस्य उम्मेदवारहरु हारुन शाह, अनिलकुमार कनौजिया भुज, सरितादेवी कसौधन र कमलावती विक सहभागी हुनु भएको थियो ।