खाँणको अडानले निर्वाचन सरेन

496

खाँणको अडानले निर्वाचन सरेन

बुटवल, १ असार । निर्वाचनको मिति सार्ने बिषयमा काँग्रेस नेताहरुबीच बिवाद भएको छ । काँग्रेस पदाधिकारी सहित प्रभावशाली नेताहरुको बैठकमा प्रदेश नम्वर २ र ५ को निर्वाचन सार्नु पर्ने बिषयमा कुरा उठेपछि नेताहरुबीच बिवाद भएको हो ।

पार्टी भित्रै बिवाद भएपछि काँग्रेस प्रदेश नम्वर २ को निर्वाचन सार्ने निष्कर्षमा पुगेको थियो । बैठकमा पुर्वमहामन्त्रि बिमलेन्द्र निधी र केन्द्रिय सदस्य बालकृष्ण खाँण बीच भनाभन समेत भएको थियो ।

नेपाल जनता पार्टीलाई निर्वाचनमा सहभागि गराउन भन्दै निधिले बैठकमा प्रदेश नम्वर २ र ५ को निर्वाचन सार्नुपर्ने प्रस्ताव राखेपछि खाँणले पटक पटक निर्वाचन सार्न नहुने र ५ नम्वर प्रदेशको निर्वाचन सारे पार्टी नेताहरु नै आन्दोलनमा उत्रिने बताएपछि दुबै नेताहरुबीच भनाभन भएको थियो ।

५ नम्वर प्रदेशको निर्वाचन सारे त्यसको जिम्मा आफु सहित ५ नम्वर प्रदेशका नेताहरुले लिन नसक्ने र त्यसले जनतामा नकारात्मक सन्देश दिने खाँणको अडानमा नेता गोपालमान श्रेष्ठले समेत साथ दिएपछि सभापति शेरबहादुर देउवा २ नम्वर प्रदेशको मात्रै निर्वाचन सार्ने निष्कर्षमा पुग्नु भएको थियो ।