कंडेलको हत्या प्रयासवारे रुपन्देही कांग्रेसको ध्यानाकर्षण

485

कंडेलको हत्या प्रयासवारे रुपन्देही कांग्रेसको ध्यानाकर्षण

30102015032331kandel-600x0ुटवल,कात्तिक ।  नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कंडेलमाथी आक्रमको प्रयास गरीएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीले भत्सना गरेको छ । बडहरा दुवौलियामा रहेको आफ्नो माछा पोखरीको अवलोकन गर्ने क्रममा कंडेलमाथी दिन दहाडै आक्रमणको प्रयास गरेर शान्ति सुरक्षालाई चुनौती दिएको भन्दै कांग्रेस रुपन्देहीले घटनामा संलग्नलाई कडा कार्वाही हुनु पर्ने माग गरेको छ । कांग्रेस रुपन्देहीले आज (शुक्रबार) एक विज्ञप्ती निकालेर पुर्व राज्य मन्त्री समेत रहेका कंडेललाई भारतीय नागरीकले रिवल्भर निकालेर गोली हाल्न खोज्नुले सिंगो पार्टिलाई नै स्तब्ध बनाएको बताएको छ । कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारीे विज्ञप्तीमा घटनाको छानबीन गरी दोषिलाई कडाभन्दाकडा कार्वाही गर्नु पर्ने माग गरिएको छ ।