लुम्बिनी, ३ असार । आसन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाली काँग्रेको तर्फबाट मेयर पदका उम्मेदवार मोहम्मद सईद खाँले पौने एक लाख जनसंख्या रहेको नगरपालिका क्षेत्रमा दुई सय शैयाको अस्पताल बनाउने बताउनु भएको छ ।
लुम्बिनी सांस्कृति नगरपालिका भित्र हालसम्म एउटा पनि अस्पताल नरहेकाले त्यस क्षत्रको जनतालाई स्वास्थ्य सेवाकालागि आफ्नो पहिलो प्राथमिकता नगरपालिका क्षेत्रमा सरकारी अस्पताल स्थापना गर्ने रहेको बताउनु भयो ।
त्यस्तै उच्च शिक्षा हासिल गर्नकालागि स्नातकोत्तर तहको क्याम्पस समेत समेत नभएकाले संस्थापक अध्यक्ष रहेको खुदाबगर आदर्श कलेजलाई स्तरबृद्धि गरी गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने बताउनु भयो । उहाँले उक्त कलेजमा प्राबिधिक शिक्षा समेत सञ्चालन गरि प्राविधिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्ने उल्लेख गर्नुभयो ।
लुम्बिनीमा औद्योगिक बिकासको सम्भावना प्रयाप्त रहेको तथा बुद्धजन्मस्थल लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम ल्याईने बताउनु भयो । त्यस्तैगरी त्यहाँ उत्पादन भएको दक्ष जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी सिजर्नना गरि युवा पलायन हुने क्रमलाई रोक्ने र सोही क्षेत्रमा उत्पादनशिल क्षेत्रमा लगाउने योजना आफूसंग रहेको बताउनु भयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नं. ४, ५ र ६ को मजगाउँ र वडा नं. ७ र ८ को कर्महवामा आयोजित संयुक्त कोण सभामा बोल्दै मेयर पदका उम्मेदवार खाँले कञ्चन बाँधको पानीलाई लुम्बिनीसम्म ल्याई सिचाईको प्रवन्ध मिलाउने, नगरका सबै वडामा थ्रि फेस सहितको विद्युत व्यबस्थापन गर्ने, नगरका सबै सडकलाई दुई वर्ष भित्र कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उपमेयरकी उम्मेदवार रमावती यादवले सरकारले दिदैं आएको बृद्ध भत्तामा १० प्रतिशत थप गरी वितरणको व्यबस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद भरतकुमार शाहले सिंह दरवारको अधिकारलाई गाउँगाउँमा ल्याउनकालागि हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागि हुन र नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदात गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अमेरिका कहार, दुर्गाप्रसाद उपाध्याय लगायतले मुलुकमा हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्व गरेको र समृद्धिको पनि नेपाली काँग्रेसले नै नेतृत्व गर्ने बताएका थिए ।