यी हुन् कडेल हत्या प्रयासमा सम्लग्नहरु

700

यी हुन् कडेल हत्या प्रयासमा सम्लग्नहरु

बुटवल ,कार्तिक । पुर्ब गृह राज्य मन्त्री एवंम् नेपाली कागं्रेसका नेता देबेन्द्रराज कण्डेलमाथी आज नवलपरासीमा आक्रमणको प्रयास भएको  छ ।

भारतिय एक समुहको टोलीबाट जिल्लाको बडहरादुबैलीया ३ स्थित ललीतपुर गाउंमा स्थानिय शद्धीक कुजडाको घर अगाडी कण्डेलमाथी आक्रमणको प्रयास भएको हो  ।

आफ्नो खेतीबारी हेर्न ललीतपुर पुग्न भएका कण्डेललाई २ वटा मोटरसाईकलमा आएको भारतिय  समुह मध्ये एक जनाले पछाडीबाट  पेस्तोल ताकी आक्रमणको प्रयास गरेको थिए ।

आफुहरुलाई सो टोली मध्येका भारत  महाराजगन्ज ठुठीबारी  निवासी उज्जल सिंह ( गणतौला )ले पेस्तोल तोकेपछि स्वयंम्  कण्डेल र कण्डेलका अङ्गरक्षक प्रहरी नायव निरिक्षक दिपक घिमिरेले संयुक्त रुपमा सिंहलाई प्रतिकार गर्न सफल भएको कण्डेलले जानकारी दिनुभयो  ।

आक्रमणका प्रयास गर्ने मुख्य नाईके सिंह सहित भारत महाराजगन्ज राजाबारीका जोगेन्द्र पासवानलाई स्थानियबासीको सहयोगमा  प्रहरीले पक्राउ गर्न सफल भएको  छ ।

प्रहरीले कण्डेलमाथी आक्रमणको  प्रयास गर्ने  मध्येका २ जनालाई  ६ राउण्ड गोली र प्रस्तोल सहित नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले बताउनुभयो  ।

कण्डेल नेपाली कागं्रेस नवलपरासीका जिल्ला सभापति समेत रहनुभएको छ । आक्रमण गर्ने प्रयास गर्ने टोलीका २ जना पक्राउ परेका छन् । भने अन्य २ जना फरार भएका छन् ।   पक्राउ परेका सिंह कण्डेलको टाढांको नातेदार रहेको बुझिएको छ  ।

कण्डेल माथी यस अगाबै माओबादी द्धन्द्धकालमा समेत काठमाण्डौमा आक्रमणको प्रयास भएको थियो । द्धन्द्धकालमा गोली लागेका कण्डेलको शरीरमा अझै पनि एक राउण्ड  शरीरबाट झिक्न बाकी छ ।

यसैबिच घटनाको नेपाली कागं्रेस नवलपरासी र रामग्राम नगर कार्यसमितीले बिज्ञप्ती जारी गरेर घोरभत्र्सना गरेको  छ  ।