‘सडकका कारण देवदह बासिले अब दुःख झेल्नु पर्दैन’

1.3K

‘सडकका कारण देवदह बासिले अब दुःख झेल्नु पर्दैन’

देवदह, ७ असार । देवदह नगरपालिकामा नेपाली काँग्रेसको मेयरका उम्मेदवार बन्नु भएका हिराबहादुर खत्रीले देवदहका सबै वडामा पक्की सडक पुर्याउने योजनालाई आफुले अगाडि सारेको बताउनु भएको छ ।
देवदह वडानम्बर ६ नम्बर वडामा बुधबार भएको घरदैलो तथा जनभेटघाट कार्यक्रमका क्रममा मेयरका उम्मेदवार खत्रीले पक्कि सडकको अभावमा देवदहका बासिन्दाहरु हिउँदमा धुल्याम्मे र वर्षामा हिल्याम्मे हुन परेको सडकमा हिड्न बाध्य भएको उल्लेख गर्दै सडकका कारण देवदह बासिले अव दुख झेल्नु नपर्ने बताउनुभयो ।
उहाँले देवदहको सुर्यपुरा र मक्रहर जोड्ने रोहीणी पुल निर्माणको काम जतिसक्दो चाडो सक्ने गरि योजना ल्याउने पनि आश्वासन दिनु भएको छ । यस्तै सोही अवसरमा कांग्रेस माओवादी केन्द्रको तालमेलमा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बन्नु भएकी टिका गौतमले महिला अधिकार र शसक्तिकरणका सवालमा महिला हिन्सामुक्त समाज र विकास दुबैलाई सँगसँगै लैजाने बताउनुभयो ।

यस्तै वडानम्बर ६ सँगै २ र ३ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा काँग्रेस महासमिती सदस्य मणिप्रसाद शर्मा, जीवलाल पराजुली, जिल्ला सदस्य बासुदेव रिमाल, पुर्व जिल्ला सदस्य रुद्र पराजुली, भाष्कर ढकाल, पुर्व क्षेत्रीय सभापति जगत गिरी, नगर सचिव यमलाल भट्टराई लगायतले देवदहको विकास र समृद्ध देवदहका लागि काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो ।

वडा नम्बर ६ मा वडा अध्यक्षका उम्मेदवार दामोदर क्षेत्री, वडानम्बर २ मा वडा अध्यक्षका उम्मेद्ववार खुनबहादुर गुरुङ्, र वडा नम्बर ३ मा वडा अध्यक्षका उम्मेदवार थमबहादुर बुढाथोकीको सक्रियतामा घरदैलो कार्यक्रम भएको हो ।