घरदैलो पछि काँग्रेस सिद्धर्थनगरले भन्यो –हाम्रो जित सुनिश्चि छ

1.3K

घरदैलो पछि काँग्रेस सिद्धर्थनगरले भन्यो –हाम्रो जित सुनिश्चि छ

भैरहवा/मेयर र उपमेयर सहीतको घरदैलो सम्पन्न गरेको नेपाली काँग्रेस सिद्धार्थनगरले भैरहवामा काँग्रेसको जित सुनिश्चित भएको जनाएको छ ।
काँग्रेस पति जनताको बिस्वास रहेको र घरदैलोमा समेत स्वतस्फुर्त जनताको उल्लेख्या सहभागीता रहेको काँग्रेस सिद्धार्थनगरले भैरहवामा जित सुनिश्चित भएको दावी गरेको हो । नेपाली काँग्रेसले रुपन्देही सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगरमा मेयर पदमा मातृका प्रसाद यादव र उपमेयर पदमा माधवी सर्मा वाग्लेलाई उठाएको छ । सवैलाई समेटेर उम्मेदवारी चयन गरेको र उम्मेदवारी पछि पनि सवै एक जुट भएर लागेकाले पनि यसपटक काँग्रेसलाई पराजय गर्न अरु कसैले नसक्ने नगरसभापति दिलीप धितालले बताए । उनका अनुसार सिनपाका १३ बटै बडामा सर्वसाधारणहरु स्वतस्फुर्त रुपमा घरदैलोमा निस्कीएका थिए ।
काँग्रेसको गढ रहेको सिद्धार्थनगरमा आपसी बेमेलका कारण पराजय बेहोर्नु परेको भन्दै सुभचिन्तकहरुले यसपटक जसरी पनि काँग्रेसलाई जिताएर बिकासमा लाग्नु पर्ने बताए । मेयर पदका उम्मेदवार मातृका प्रसाद यादवले सिद्धार्थनगरको समग्र बिकास गर्दै भैरहवालाई पर्यटकीय, आर्थीक नगरीको रुपमा बिकास गर्न काँ्रगेसको जित अपरीहार्य रहेको बताए । उनले काँग्रेसले सस्तो लोकप्रीयत भन्दा पनि जनता र राष्ट्रको दिर्घकालीन हितमा काम गर्ने हुदा समुन्त र सम्बृद्ध नगरपालीका बनाउन काँग्रेसलाई बिजयी बनाउनु पर्ने बताए । उपमेयर पदकी उम्मेदवार माधवी सर्मा वाग्लेले काँग्रेसले जित्दा नगरको बिकास हुने हुदाँ यसपटक नगरको समग्र बिकासकालागी काँग्रेसलाई बिजयी बनाउनु पर्ने बताई । यसैबिच नेपाली काँग्रेस सिद्धार्थनगरले आईतबार भैरहवामा चुनावी आम सभा गर्ने भएको छ । दिउसो एक बजेबाट बुद्धचोकबाट याली सहीत सुरु हुने कार्यक्रमम मिलनचोकमा गई कोण सभामा परीणत हुने छ । उक्त सभालाई सम्वोधन गर्न नेपाली काँग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेल, नेपाली काँग्रेसका प्रभावसाली नेता बालकृष्ण खाँण, भरतकुमार साह, रमाकृष्ण ताम्राकार लगायतका नेताले सम्वोधन गर्ने नगरसभापति धितालले जानकारी दिए ।