कांग्रेसले केन्द्रीय समितिको बैठक आइतबार

406

कांग्रेसले केन्द्रीय समितिको बैठक आइतबार

Top_leaders

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिए लगतै कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति चुनावको समिक्षा हुनेछ । बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल हुने नेताहरुले बताएका छन्