बुटवल, ३१ असार । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट ईङ्गिलिस माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि स्वागत तथा ओरिन्टेशन कार्यक्रम आज सम्पन्न गरेको छ । कक्षा–११ मा विज्ञान विषय रोजेका विद्यार्थीहरुलाई अध्ययनमा सहजता र पढ्ने शैलिको विकास होस भनेर विद्यालयले आयोजना गरेको ओरिन्टेशनमा दुईसय पचास भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । एभरेष्टका विद्यालय संचालक समिति अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख सुरेन्द्र पराजुलीले उच्च शिक्षाका लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरुलाई विषय केन्द्रीत अभिमुखिकरण आवश्यक रहने भन्दै विद्यार्थीहरुले करकावमा भन्दापनि रुचिका आधारमा विषय छनोट गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन रुपन्देहीका अध्यक्ष लोकनाथ पौडेल, प्याब्सन कपिलबस्तुका उपाध्यक्ष गणेशलाल कर्ण, सैनामैना मेमोरियल माविका जेबि क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, एभरेष्टका प्राचार्य कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्राचार्य माधव आचार्य, अभिभावक नविन क्षेत्री, यमलाल पाण्डे, विद्यार्थी बास्तविकता श्रीवास्तव, स्मृति पाण्डे, इभा नेपाल, रचना भूषाल लगायतले उच्च शिक्षाका लागि अग्रसर विद्यार्थीहरुलाई शुभकामना दिनु भएको थियो । २ सय ६० बढी विद्यार्थीहरुलाई स्वागत गरिएको सो कार्यक्रममा जिनियस एकेडेमि नेपालका बरिष्ठ प्रशिक्षक कमल सिलवालले प्रशिक्षण दिनु भएको सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गर्नुभएको थियो ।